सामाजिक फीड-
काठमाडौं, असोज १४ गते ।
बाढी पहिरोको कारण विभिन्न ठाउँमा अवरुद्ध विपी राजमार्गको सिन्धुलीदेखि नेपाथोकसम्मको सडक मर्मत गरी यातायात सुचारु गरिएको छ ।
खुर्कोट स्थित सुनकोशी मरिन डाइभर्सन नजिक भाँसिएको सडक मर्मत गरेर र विभिन्न ठाउँमा पहिरो पन्छाएर यातायात सुचारु भएको छ । सिन्धुलीदेखि नेपालथोक प्रहरीबिटसम्म (सय किलोमिटर) सडक डिभिजन खाल्टेले मर्मत गरी सञ्चालनमा ल्याएको हो ।
एकठाउँमा भाँसिएको र विभिन्न ठाउँमा गएको पहिरो पन्छाएर एकतर्फी यातायात सुचारु गराइएको सडक डिभिजन खाल्टेका इन्जिनियर संदेशराज ढुंगेलले जानकारी दिए । मंगलबारसम्म खाल्टे डिभिजन कार्यक्षेत्रको विभिन्न सडक मर्मत गरी सुचारु गरिने योजना रहेको उनले बताए ।