Samajik Feed – News Portal from Nepal

धनुषा १ः किशोरी साहको रिट ‘हेर्न नमिल्ने’ मा

सामाजिक फीड-जनकपुरधाम, फागुन २९ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनुषा १ मा उम्मेदवारी खारेज विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का किशोरी साह कमलले दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा रिटमाथिको सुनुवाइ सकिएको हो ।निर्वाचन अयोगले उम्मेदवारी खारेज गरेपछि निर्वाचन आयोगको निर्णयविरुद्ध साहले फागुन […]

निर्वाचनको समय सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा मधेसका चार जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन २९ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा प्रहरीले मधेस प्रदेशका चार जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि रानायण काफ्लेका अनुसार उम्मेदवारी दर्तादेखि मतदानको दिनसम्ममा १५ जिल्लाका ३७ जनालाई पक्राउ गरिएको हो । प्रहरीले उनीहरुलाई विभिन्न मिति र स्थानबाट पक्राउ गरेको […]

नेपाली युवतीलाई भारतमा बेचबिखन गर्न लैजाने ७ जना महोत्तरीबाट पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन २९ गते । महोत्तरीको नेपाल–भारत भिट्टामोड नाकाबाट एक नेपाली युवतीलाई बेचबिखनको उद्देश्यले भारत लैजान खोज्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चार भारतीयसहित सातजना छन् । युवतीसँग विवाहको नाटक गरी ललाई–फकाई प्रलोभनमा पारेर मानव बेचबिखनका लागि भारत लैजान खोज्दा प्रहरीले चारजना भारतीयसँग सोधपुछ गरेपछि सो घटना खुलेको थियो । प्रहरीले […]

वन क्षेत्रभित्र बनाइएको अवैध घरटहरा भत्काइयो

सामाजिक फीड-जनकपुरधाम, फागुन २९ गते । रौतहटमा वन क्षेत्रभित्र अवैध रूपमा निर्माण गरिएको ६ वटा घरटहरा भत्काइएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका ६ बेल्डीस्थित वन क्षेत्रमा निर्माण गरिएका अवैध घरटहरा भत्काएको हो। वन क्षेत्रमा निर्माण गरिएको ६ वटा अवैध घर तथा छाप्रा भत्काएर बिहीबार अपराह्न अतिक्रमण हटाएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहले […]

जनकपुरको रामानन्द चोकलाई नमूना र व्यवस्थित बनाउन काठमाडौं बाहिर पहिलो पटक फ्लेक्जिबल स्प्रिङ पोष्ट निर्माण गरिदै

सामाजिक फीड-जनकपुरधाम, फागुन २७ गते । व्यवस्थित एवं नमूना चोक बनाउन जनकपुरको रामानन्द चोकममा फ्लेक्जिबल स्प्रिङ पोष्ट निर्माण थालिएको छ । सौन्दर्यकरणको दृष्टिकोणले आकर्षकसँगै चुस्त ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यका साथ काठमाडौं उपत्यका बाहिर जनकपुरमा पहिलो पटक रामानन्द चोकमा फ्लेक्जिबल स्प्रिङ पोष्ट निर्माण थालिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्सपेक्टर सूर्य बहादुर शाहीले जानकारी दिए । उनका […]

पर्सा प्रहरीद्वारा दुई क्विन्टलभन्दा बढी गाँजा बरामद

सामाजिक फीड-जनकपुरधाम, फागुन २६  गते । पर्सा प्रहरीले दुई क्विन्टलभन्दा बढी प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ । जिराभवानी गाउँपालिका–४ पशुबजार नजिकबाट सोमबार करिब २१३ किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको हो ।इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली समेतबाट खटिएको प्रहरी टोलीलाई देखेपछि सुपौली बजारबाट जगरनाथपुरतर्फ आउँदै गरेको मे।१ त ५७१४ नम्बरको ट्याक्टर छोडी चालक फरार […]

सर्लाहीमा अबैध चाँदीको गरगहना सहित एक जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन २६  गते । सर्लाही प्रहरीले चाँदीका अवैध गरगहनासहित एक जनालाई पक्राउ गरेको छ । मलंगवा नगरपालिका वडा नं. ९ बस्ने ५५ वर्षीय गौरीशङ्कर साहलाई चाँदीका अवैध गरगहनासहित नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीले साहको साथबाट भन्सार छली तथा चोरी पैठारी गरी ल्याइएको ९१५।४६० ग्राम चाँदी बरामद भएको जनाएको छ । […]

स्वास्थ्य विज्ञदेखि संसदको रोष्ट्रमसम्म: को हुन् ३४ वर्षीय डा. दिपककुमार साह?

जनकपुरधाम, २५ फागुन मधेसको राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका र १९ पटकसम्म मन्त्री बनिसकेका शरदसिंह भण्डारीलाई २२,५२४ मतान्तरले पराजित गरेपछि अहिले देशभर डा. दिपककुमार साहको चर्चा भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट महोत्तरी क्षेत्र नम्बर २ मा विजयी साह जनस्वास्थ्य क्षेत्रसँग जोडिएका व्यक्तित्वका रूपमा परिचित छन्। ७१ वर्षीय दिग्गजलाई ३४ वर्षीय युवाको चुनौतीमहोत्तरीको […]

मधेसका पुर्व मुख्यमन्त्री सतिश सिंह र पुर्वमन्त्री भरत साहको जमानत जफत

सामाजिक फीड-जनकपुरधाम, फागुन २५ गते । मधेस प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर चुनाव लडेका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंह र पुर्वमन्त्री भरत प्रसाद साहको जमानत जफत भएको छ । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा स्वाभिमान पार्टी गठन गरेर उम्मेदवार बनेका सिंह र महोत्तरी(४ बाट नेपाली कमयुनिष्ट पार्टी (नेकपा) का उम्मेदवार साहको जमानत जफत भएको हो […]

पर्सामा १७ वर्षीया किशोरीको बलात्कार आरोपमा ५० वर्षीय पुरुष पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन २५ गते । पर्सा प्रहरीले १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १५ भेडियाही बस्ने ५० वर्षीय भुटन साह भन्ने रामजनम साह रहेका छन् । उनलाई आइतबार राति प्रहरीले नियन्त्रणमा लिएको हो। ती किशोरीलाई साहले जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरी टोली […]