सामाजिक फीड–
जनकपुरधाम, साउन १८ गते ।
आन्दोलनको क्रममा सिरहाका गणेश यादवको गोली लागेर मृत्यु भएको घटनापछि निष्पक्ष अनुसन्धानको लागि भन्दै गृह मन्त्रालयले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।
गृहमन्त्री सुदन गुरुङ काठमाडौं फर्किएलगत्तै मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव पुष्पराज शाहीको संयोजकत्वमा समिति गठन गरिएको हो। गृह मन्त्रालयका उपसचिव कुलशेखर अर्यालका अनुसार समितिको सदस्य–सचिवमा उनी स्वयं आफै पनि रहेका छन् ।
समितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक ९एसपी० तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डीएसपी स्तरका प्राविधिक प्रतिनिधिलाई सदस्य बनाइएको छ। गृह मन्त्रालयका अनुसार समितिले घटनाको सम्पूर्ण पक्षको निष्पक्ष अध्ययन, प्रमाण संकलन तथा आवश्यक अनुसन्धान गरी सत्यतथ्यसहितको प्रतिवेदन मन्त्रालयमा बुझाउनेछ।
गणेश यादवको मृत्युको घटनालाई लिएर विभिन्न तहबाट निष्पक्ष छानबिनको माग उठिरहेका बेला गृह मन्त्रालयले बहुपक्षीय प्रतिनिधित्वसहित समिति गठन गरेको हो। प्रहरीसँगै विधि विज्ञानका विशेषज्ञलाई समेत समेटिएकाले घटनाको वैज्ञानिक र वस्तुगत अनुसन्धान हुने अपेक्षा गरिएको छ। अब समितिको प्रतिवेदनले घटनाको वास्तविकता उजागर गर्दै दोषी पहिचान र आवश्यक कानुनी कारबाहीको आधार तयार पार्ने विश्वास गरिएको छ।
सुनसरी घटनापछि औरही गाउँपालिका–२ तुलसियाहीका रामवृक्ष यादवका १५ वर्षीय छोरा गणेशको सिरहालको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएको थियो ।