मधेश सरकारले ल्याउँदैछ अहिलेसम्मकै सानो बजेट

सामाजिक फीड– जनकपुरधाम,असार १ गते । अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यसका लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ। स्रोतका अनुसार मधेश सरकारले स्थापना भएयताकै सबैभन्दा सानो आकारको बजेट ल्याउन लागेको हो। चालु र पुँजीगत खर्चसहित करिब ४१ अर्ब रुपैयाँको बजेट तयार गरिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। […]
धनुषा प्रहरीको हिरासतबाट भागेका ९ जना थुनुवालाई एक वर्षको जेल सजाय

सामाजिक फीड– जनकपुरधाम,असार १ गते । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट फरार भएका ९ जनालाई अदालतले दोषी ठहर गर्दै एक वर्ष कैद सजाय सुनाएको छ। धनुषा जिल्ला अदालतका न्यायाधीश शुभाषबाबु पुरीको इजलासले शुक्रबार थुनुवा कक्षबाट भागेको अभियोगमा दायर मुद्दाको अन्तिम फैसला गर्दै एक नाबालकसहित ९ जनालाई दोषी ठहर गरेको हो। उक्त मुद्दाको २९औँ पेशीमा […]
बैंकिङ कसुर मुद्दामा महोत्तरीको बर्दिवासका एक वडाध्यक्ष पक्राउ

सामाजिक फीड– जनकपुरधाम, जेठ २९ गते । महोत्तरीको बर्दिवास नगरपालिका-९ का वडाध्यक्ष घुरन महतो बैंकिङ कसुर तथा अभद्र व्यवहारसम्बन्धी आरोपमा पक्राउ परेका छन् । लामो समयदेखि फरार सूचीमा रहेका महतोलाई प्रहरीले बिहीबार बर्दिवास क्षेत्रबाट पक्राउ गरेको जनाएको छ। इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख डीएसपी गुरु प्रसाद तिमिल्सिनाका अनुसार वडाध्यक्ष महतोविरुद्ध बर्दिवास-९ र वडा नम्बर ६ का केही […]
एक करोडभन्दा कम लागतका योजना मधेस सरकारले नल्याउने

सामाजिक फीड– जनकपुरधाम, जेठ २९ गते । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमा टुक्रे योजनालाई निरुत्साहित गर्दै एक करोड रुपैयाँभन्दा कम लागतका योजना समावेश नगर्ने नीति लिएको छ। बिहीबार प्रदेश सभा बैठकमा अर्थमन्त्री युवराज भट्टराईले प्रस्तुत गरेको ‘मधेस प्रदेश विनियोजन विधेयक, २०८३’ का सिद्धान्त र प्राथमिकतामा यस्तो व्यवस्था गरिएको हो। सरकारले सडक, ऊर्जा, सहरी […]
प्रहरीमाथि दुर्व्यवहारको आरोपपछि पूर्व प्रदेशसभा सदस्य अशोक यादव फरार, भतिजा र भान्जालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढायो

सामाजिक फीड– जनकपुरधाम, जेठ २८ गते । सवारी दुर्घटनापछि उत्पन्न विवादका क्रममा प्रहरीमाथि हातपात तथा सरकारी कामकारबाहीमा अवरोध गरेको आरोप लागेका पूर्व मधेश प्रदेशसभा सदस्य तथा नेकपा नेता अशोक यादव फरार भएका छन् । प्रहरीमाथि कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले यादवका भतिजा र भान्जालाई भने नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ प्रहरीका अनुसार सोमबार राति कविलासी नगरपालिका–८ […]
हरियाणामा बन्धक बनाइएका महोत्तरीका १६ जनाको उद्धार, सबैलाई घर ल्याइँदै

सामाजिक फीड– जनकपुरधाम, जेठ २७ गते । राम्रो रोजगारी, आकर्षक तलब र सुखद भविष्यको आशामा भारत पुगेका महोत्तरीको बर्दिबास नगरपालिका–१४ स्थित एकीकृत नमुना मुसहर बस्तीका १६ जना नेपाली श्रमिक भारतको हरियाणा राज्यमा बन्धक बनाइएपछि उद्धार गरिएका छन्। उद्धार गरिएकामध्ये पुरुष, महिला तथा बालबालिका समेत रहेका छन्। आफन्त इण्डियाको सहकार्य, नयाँ दिल्लीस्थित नेपाली दूतावासको समन्वय तथा इलाका प्रहरी […]
आजबाट रास्वपाको प्रदेश अधिवेशन सुरु, मधेशको अधिकांस जिल्लाको अधिवेशनमा विवाद

सामाजिक फीड– जनकपुरधाम, जेठ २६ गते । मधेश प्रदेशका अधिकांस जिल्लाहरुमा अधिवेशन नहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रदेश अधिवेशन सुरु भएको छ । आज बागमती प्रदेश अधिवेशन हेटौंडामा हुँदैछ। यस लगतै मधेश सहित अरु प्रदेशका अधिवेशन समेत गर्ने तयारी छ । प्रथम राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप सुरु गरेको जिल्ला अधिवेशन ५६ जिल्लामा सम्पन्न गरेको छ […]
मधेशको जनलोकपाल आयोगमा नियुक्त भएका झा हत्याका अभियुक्त, होटेलमा यौनव्यसाय चलाएको पनि आरोप

सामाजिक फीड– जनकपुरधाम, जेठ २५ गते । मधेश प्रदेश सरकारले जनलोकपाल आयोगको सदस्यमा नियुक्त गरेको सञ्जीव कुमार झा हत्याका अभियुक्त रहेको पाइएको छ । झा महोत्तरीको रामगोपालपुर नगरपालिका २ का अध्यक्ष मुकेश यादवको हत्या आरोपमा पुर्पक्षमा जेल सजाय भोगेर साधारण तारेखमा रिहा भएका अभियुक्त हुन्। वडाध्यक्ष यादवको हत्या आरोपमा झासँगै दिलिप मण्डललाई २०८१ कात्तिक ६ गतेका […]
विवाद चर्किएपछि महोत्तरी र सर्लाहीमा रास्वपाको जिल्ला अधिवेशन रोकियो, सिरहामा चुनाव हुँदै

सामाजिक फीड– जनकपुरधाम, जेठ २५ गते । विवाद चर्किएपछि महोत्तरी र सर्लाही दुबै जिल्लाको राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । महोत्तरीमा दोस्रो सत्रको निर्वाचन प्रक्रिया अगाडि बढाउने क्रममा विवादित पक्षबीच छलफल गराउँदा समेत सहमति नभएपछि अधिवेशन स्थगित गरिएको हो। शनिबारदेखि जलेश्वरमा जिल्ला अधिवेशन सुरु भएकोमा दोस्रो दिन बन्दसत्रमा पनि दुई पक्षबीच सहमति […]
जनकपुर सहित मधेश प्रदेशका बजारमा विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती, स्वास्थ्यमा पार्छ यतिसम्म असर

सामाजिक फीड– जनकपुरधाम, जेठ २२ गते । जनकपुर सहित मधेश प्रदेशका बजारहरुमा व्यापक विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती रुपमा बिक्री वितरण भइरहेको पाइएको छ । सरोकारवाला निकायले अनुगमन नगर्दा व्यापारी विषादी प्रयोग गरिएका आँप महङ्गोमा बिक्री गरिरहेका छन् । अहिले व्यापारीले पाक्नुभन्दा अघिनै रूखबाट आँप टिप्ने र विषादी प्रयोग गर्ने क्रम चलिरहेको छ। विषादी प्रयोग […]