Samajik Feed – News Portal from Nepal

राष्ट्रिसभा निर्वाचनको तयारी पुरा, मधेशका २ सहित १९ जना सदस्यका लागि बिहीवार चुनाव

समाजिक फीड जनकपुरधाम, माघ ९ गते । यहीँ माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पुर्ण तयारी पुरा भएको छ । रिक्त १९ सिटका लागि हुने चुनावका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । बिहीवार विहान ९ बजेदेखि अपराह्ण ३ बजेसम्म तोकिएको मतदान स्थलमा मतदान हुनेछ । […]

राष्ट्रियसभा निर्वाचन : आज रातिबाट प्रचार गर्न नपाइने, अरु के-के गर्न पाइँदैन ?

समाजिक फीड जनकपुरधाम, माघ ८ गते । आज रातिबाट राष्ट्रियसभा सदस्य निर्वाचनको प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वाचन आयोगले सोमबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नहुन्जेलसम्मका लागि प्रचारप्रसार निषेध गरेको हो । यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै […]

मधेश प्रदेशका जिल्लामा एमालेले अगामी चैत पहिलो हप्ता अधिवेशन गर्ने

समाजिक फीड जनकपुरधाम, माघ ८ गते । मधेश प्रदेशका जिल्लाहरुमा नेकपा एमालेले अगामी चैत पहिलो साता अधिवेशन गर्ने भएको छ । जनकपुरमा बसेको प्रदेश कमिटीका पदाधिकारी बैठकले अधिवेशनबारे यस्तो निर्णय गरेको हो । बैठकबाट महोत्तरी, रौतहट, पर्सा र बारा जिल्ला अधिवेशनको मिति समेत तय भएको छ । २२–२३ माघमा महोत्तरी, २५–२६ माघमा रौतहट, २८–२९ माघमा […]

मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा लाठीचार्ज, शिक्षामन्त्री यादवको टाउको फुट्यो

समाजिक फीड जनकपुरधाम, माघ ८ गते । मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रहरीको लाठीचार्जबाट मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री महेश यादवको टाउको फुटेको छ । राजविराज नगरपालिका–१३ स्थित विषहरियामा विश्वविद्यालयको शिलान्यास कार्यक्रममा विरोध प्रदर्शन गर्दै सुरक्षा घेर तोड्न खोजेपछि लाठीचार्ज गरेको प्रहरीले जनाएको छ । लाठीचार्जबाट जनमत पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्यहरु सतिश सिंह, भागेश्वरी चौधरी […]

आज राजविराजमा मधेश कृषि विश्व विद्यालयको भवन शिलान्यास, मुठभेडको सम्भवाना

सामाजिक फीड-जनकुपरधाम, माघ ८ गते । जनमतकोको विरोधकाबीच आज सप्तरीको राजविराजमा कृषि विश्व विद्यालयको शिलान्यास हुँदै छ । राजविराज नगरपालिका १३ स्थित रहेको करिब १२ विघा जग्गामा विश्वविद्यालयको आफ्नै भवन निर्माणको लागि जसपा अध्यक्ष उपेन्द्र यादवले शिलान्यास गर्न लागेका हुन् । मुख्यमन्त्री सरोजकुमार यादवले आजैको मितिमा १२ बजेर ४० मिनेटमा शिलान्यास गर्ने निर्णय गरेकाले शिलान्यास […]

मधेश कृषि विश्वविद्यालयमा जनमत पार्टीका कार्यकर्ताले लगाए ताला

समाजिक फीड जनकपुरधाम , माघ ७ गते मधेश कृषि विश्वविद्यालयमा सत्ता साझेदार जनमत पार्टीका कार्यकर्ताले ताला लगाएका छन् । विश्वविद्यालयमा राजनीतिकरण रोक्नुपर्ने, डीपीआरमा भ्रष्टाचार भएकाले छानबिन गर्नुपर्ने, परीक्षा बोर्डबिनै लिइएको परीक्षाको छानबिन गर्नुपर्ने लगायत माग राखेर जनमतका कार्यकर्ताले विश्वविद्यालयमा ताला लगाएका हुन् । ‘विश्वविद्यालयलाई देखाएर जसपाले आफ्नो राजनीति गरिरहेको छ । हामी विश्वविद्यालय बनोस् भन्ने […]

मधेश सरकारले मनाए बलिदानी दिवस, सहिद परिवारलाई ३–३ लाख रुपैयाँ राहत

सामाजिक फीड-जनकपुरधाम, माघ ५ गते । बलिदानी दिवसको अवसरमा मधेश सरकारले मधेश आन्दोलनका सहिद परिवार तथा घाइतेहरुलाई आर्थिक सहायता वितरण गरेको छ ।गृह संचार तथा कानुन मन्त्रालय अन्तर्गतको मधेशी सहिद प्रतिष्ठानले वीरगञ्जमा आयोजना गरेको छैठौं बलिदानी दिवसमा सहिद परिवारलाई ३–३ लाख र घाइतेहरुलाई १ देखि २ लाख रुपैयाँसम्म वितरण गरेको हो ।गृह मन्त्री मोहम्मद समिमका […]

आन्दोलनका लागि तयार हुनुपर्छ : डा. सिके राउत

सामाजिक फीडजनकपुरधाम, माघ ५ गते । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले अझैपनि अधिकार नपाएको र विभेद कायमै रहेकाले आन्दोलनका लागि तयार हुनुपर्ने बताएका छन् । सिरहाको सन्हमैठामा जनमत पार्टीले आयोजना गरेको बलिदानी दिवसलाई सम्बोधन गर्दै अध्यक्ष राउतले रमेश महतोको सहादतको १७ वर्षमा पनि विभेद कायमै रहेकाले आन्दोलनको आवश्यक्ता रहेको बताए । उनले समग्र मधेश […]

अदालतले पनि हामीलाई न्याय दिएन : महन्थ ठाकुर

समाजिक फीडजनकपुरधाम ,माघ ५ गते लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले अदालतले पनि आफूहरुलाई न्याय नदिएको टिप्पणी गरेका छन्। अध्यक्ष ठाकुरले सरकारले मधेसमाथि विभेद जारी राखेको जिकिर गर्दै अदालतले पनि न्याय नदिएको गुनासो गरेका हुन्। शुक्रबार काठमाडौँमा आयोजित ‘संविधानको पूर्णता तथा संघीयताको अभ्यास’ विषयक विचार गोष्ठीमा बोल्दै उनले भाषाको सवाल, राष्ट्रिय पोशाकको सवालमा […]

राष्ट्रियसभा सदस्य निर्वाचनकालागि जनकपुर आइपुग्यो मतपत्र

समाजिक फीडजनकपुरधाम, माघ ५ गते । अगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेश प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र आइपुगेको छ । निर्वाचन आयोगले मतपत्र छपाइ गरी जनकपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ल्याएको हो । आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीका अनुसार मतदानका लागि ३८ प्रकारका कुल ६ हजार ९१० मतपात्र छपाइ भएको छ […]