Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, माघ २५ गते ।

काठमाडौँ, २५ माघ । जनता समाजवादी पार्टीको महाधिवेशन जेठ २८ देखि ३० गतेसम्म हुने भएको छ । बिहीबार जसपाको प्रचार प्रसार तथा प्रकाशन विभागले सार्वजनिक गरेको कार्यक्रमअनुसार २०८१ जेठ २८, २९ र ३० गते धनुषामा महाधिवेशन हुने भएको हो ।

त्यस्तै, महाधिवेशन प्रतिनिधिहरूको निर्वाचन तथा चयन २०८० चैत्र २० गते देखि २०८१ वैशाख २० गतेसम्म गरिसक्नुपर्ने गरी जसपाले कार्यक्रम तय गरको छ । त्यसैगरी, निर्वाचित महाधिवेशन प्रतिनिधिहरूको नामावली केन्द्रीय कार्यालयमा २०८१ वैशाख ३० गतेभित्र पठाइसक्न भनिएको छ । फागुन २५ गतेसम्म संगठित पार्टी सदस्यता वितरण तथा नवीकरण गरिसक्नुपर्ने पनि भनिएको छ ।

२०८० मङ्सिर ३० गतेभित्र पार्टी सदस्यता प्राप्त गरिसकेका वा पार्टीमा आबद्ध भएका र पार्टी संगठनमा कार्यरत रहेका पार्टी सदस्यहरूलाई मात्र संगठित पार्टी सदस्यता प्रदान गर्नेसमेत जसपाले स्पष्ट पारेको छ ।

चैत १० गतेभित्र संसदीय निर्वाचन क्षेत्रअनुसार संगठित पार्टी सदस्यहरूको अभिलेख तयार गरी जिल्ला समितिले राष्ट्रिय समिति, प्रदेश समिति हुँदै केन्द्रीय कार्यालयमा पठाउनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *