Samajik Feed – News Portal from Nepal


सामाजिक फीड
जनकपुरधाम , माघ २९ गते ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनका क्रममा कोसी प्रदेशमा नेपाली कांग्रेसले धोका दिएको बताएका छन्।

माओवादीको पाँचौँ केन्द्रीय समिति बैठकलाई सोमबार राष्ट्रिय सभागृहमा सम्बोधनका क्रममा राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसबाट धोका पाएको बताएका हुन्।

प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले कोसीमा कांग्रेसबाट गम्भीर धोका पाएकाले लामो सहकार्यबारे सोच्ने अवस्था आएको बताए।

‘राष्ट्रियसभा निर्वाचनका क्रममा कोसीमा कांग्रेसले गम्भीर धोका दियो’, उनले बैठकलाई सम्बोधन गर्दै भने, ‘कांग्रेसबाट हामीलाई निरन्तर धोका हुँदै आएको छ। त्यसैले अब कांग्रेससँगको सहकार्यबारे सोच्नुपर्ने ठाउँमा हामीलाई पुर्‍याएको छ।’

प्रचण्डले आफूहरूलाई धोका दिने काममा कांग्रेसका केही नेताहरू योजनावद्ध रुपमाा लागेको पनि बताए। ‘कांग्रेसका केही नेताहरूका कारण हामीले निरन्तर धोका पाइरहेका छौँ’, उनले अगाडि भने, ‘कोसीको नतिजालाई हामीले गम्भीरतापूर्वक लिएका छौँ। हामीलाई अप्ठ्यारो पार्ने काम भइरहेको छ। कांग्रेससँगको सहकार्य सजिलो छैन।’

दाहालले कांग्रेसले धोका दिइरहे पनि आफूहरू अहिले नै गठबन्धन छाड्नुपर्ने पक्षमा भने नरहेको बताए। तर उनले कांग्रेससँग दीर्घकालीन सहकार्यबारे पनि शंका उब्जिएको पनि बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *