Skip to main content

समाजिक फीड

जनकपुरधाम, माघ २९ गते ।

नेकपा माओवादी केन्द्रले १८ जना केन्द्रीय सदस्य थप गरेको छ। यही माघ २८ र २९ गते बसेको स्थायी समिति बैठकले सो निर्णय गरेको हो ।

अहिले माओवादी केन्द्रमा ४०९ केन्द्रीय सदस्य छन् । थप हुनेमा लालबहादुर सुस्लिङ (मोरङ), शंकर राई (खोटाङ), रिपुप्रसाद राई (संखुवासभा), डम्बर सुबेदी (सुनसरी) रहेका छन्।

त्यस्तै, डा. महादेव महतो (मोरङ, टंक गिरी (मोरङ), रामसुर बुढा (रुकुमपूर्व), पुरन केसी (रोल्पा), राजेन्द्र वीर राय (बाँके), नारायण महर्जन (काठमाडौं) रहेका छन्।

यसबाहेक हिरानाथ खतिवडा (नुवाकोट), मनऋषि धिताल (जुम्ला), खिलाबहादुर भण्डारी (चितवन, मैनकुमार मोक्तान (रामेछाप), चन्द्रबहादुर खड्का (अर्घाखाँची), विवश चिन्तन देवकोटा (गोरखा) गंगा पोखरेल (कास्की) र विजय बनेम (ताप्लेजुङ) रहेका छन्।

माओवादीले सल्हाकर र जेष्ठ कम्युनिष्ट मञ्चतर्फ पनि केही नेताहरूलाई मनोनीत गरेको छ।
पूर्णसिंह राजवंशी (झापा), लक्ष्मी श्रेष्ठ, (काठमाडौँ), बिना पोखरेल (मोरङ), सुरेश गौतम (गुल्मी)

जेष्ठ कम्युनिष्ट मञ्च
नगेन्द्र धिमाल, (मोरङ), इन्द्रप्रसाद रेग्मी (चितवन), प्रकाश सुवेदी (बाँके)

Leave a Reply

Your email address will not be published. Required fields are marked *