Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
काठमाडौं, माघ २८ गते ।

देशमा समाजवादी व्यवस्था फेल भएको भन्दै सामाजिक लोकतन्त्रको मार्ग अपनाउने प्रस्ताव गरेका जनमत पार्टीका अध्यक्ष डा.सीके राउत शनिबार काठमाडौंमा आफै पर्चा बाँड्दै सडकमा हिडेको भेटिए ।

देशमा दोस्रो गणतन्त्रका लागि आन्दोलन गर्नुपर्ने निश्कर्षसहित डा.राउत ९ बुँदे आन्दोलनका मागहरु सार्वजनिक गरेका छन् । उक्त मागहरुको एक पाने पर्चा बनाएका डा.राउत शनिबार आफ्ना समर्थकहरु सहित राजधानीको इमाडोल क्षेत्रको सडकमा पर्चा बाँडिरहेको देखिए ।

डा.राउतलाई पार्टी सचिव बीपी साहलगायतका नेताहरुले सहयोग गर्दै थिए ।
‘आन्दोलनको तयारीको सुरुवात आज अध्यक्ष ज्यू(सीके राउत)सहित हामीले घरदैलो गरेर गरयौं’, सचिव साहले भने,‘अहिले काठमाडौं उपत्यका क्षेत्रमा विभिन्न समूह बनाएर भोलेन्टियर साथीहरु सक्रिय हुनु भएको छ । विधिवत रुपमा आजबाट सुरु भएको छ ।’

आफूहरुले राखेको विचार र मागहरुमा जनताको समर्थन बढ्दै गएको नेता साहले दाबी गरे । ‘हामीले राखेका प्रस्तावहरु समकालिन अवस्थामा नेपालका लागि नयाँ हुन्,’ उनले थपे,‘देशको संविधान मै समाजवादतर्फ उन्मुख लेखिएपछि दलहरु समाजवादी बिचारमै रोकिनु स्वभाविक हो । तर समाजवादले वर्तमान अवस्थामा नेपाललाई विकासित बनाउन सक्दैन, रोजगारी दिन सक्दैन, बैदेशिक पलायन रोक्न सक्दैन । त्यसैले हामीले सामाजिक लोकतन्त्र एवं कल्याणकारी राज्यको अवधारणलाई प्रस्ताव गरेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *