सामाजिक फीड-
जनकपुरधाम, फागुन १ गते ।
धनुषाको सबैला नगरपालिकामा सार्वजनिक बिदा रहेको छ । जनयुद्ध दिवसको अवसरमा सबैला नगरपालिकाले आज सार्वजनिक बिदा दिएको हो ।
सबैला नगरपालिकाका मेयर कारीराम यादवले गत माघ २६ गते नै एक सूचना जारी गर्दै फागुन १ गते नगरपालिका भर सार्वजनिक बिदा रहने जानकारी गराएका थिए ।
‘प्रस्तुत सन्दर्भमा यस सबैला नगरपालिकाको मिति २०८०÷१०÷२६ गतेको नगरप्रमुख स्तरीय निर्णय अनुसार महान जनयुद्ध दिवसको अवसरमा सम्वत् २०८० साल फागुन ०१ गते मंगलवारका दिन यस सबैला नगरपालिका भर सार्वजनिक बिदा रहने सम्बन्धित सबैको जानकारीका लागी यो सुचना प्रकाशित गरिएको छ’ सूचनामा उल्लेख छ ।