Samajik Feed – News Portal from Nepal

शिक्षा क्षेत्रका माफियाको ताण्डव तोड्न शिक्षकहरुसँग मन्त्री यादवको आग्रह

सामाजिक फीड-जनकपुरधाम, साउन ३२ गते । शिक्षा क्षेत्रमा माफियाको ताण्डव रहेको भन्दै त्यसलाई तोड्न शिक्षकहरुसँग मधेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले आग्रह गरेका छ्न। प्रदेशभरका शिक्षकहरुले आज जनकपुरधामस्थित मधेश भवन पुगेर प्रस्तावित ‘विद्यालय शिक्षा ऐन २०७९’ परिमार्जन गर्नुपर्ने भन्दै मन्त्री यादवलाई ज्ञापनपत्र बुझाए । तीन घण्टा धर्नासमेत बसेका शिक्षकहरुलाई सम्बोधन गर्दै […]

जनमत संघीय सरकारमा सहभागी, अनिता बनिन् सामान्य प्रशासन मन्त्री

सामाजिक फीड-जनकपुरधाम, साउन २९ गते । जनमत पार्टी संघीय सरकारमा सहभागी भएको छ । जनमत पार्टीबाट सांसद अनिता देवी साह संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आज पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, […]

जनमतकी अनिता साह मन्त्री बन्दै

सामाजिक फीड-जनकपुरधाम, साउन २८ गते । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गरेर जनमत पार्टीलाई सरकारमा ल्याउने तयारी गरेका छन् । उनले जनमत पार्टीबाट सांसद अनिता देवी साहलाई मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् । जनमतले पार्टीबाट सांसद अनिता देवी साहलाई मन्त्रीका लागि यसअघि नै सिफारिस गरिसकेको छ । प्रधानमन्त्री प्रचण्डले अनितालाई आज मन्त्री नियुक्त […]

सरकार र गौर हत्याकाण्डका पीडितबीचको सहमतिप्रति जसपाको आपत्ति

काठमाडाैँ, २६ साउन । सरकार र गौर हत्याकाण्डका पीडितबीच भएको सहमतिप्रति जनता समाजवादी पार्टीले आपत्ति जनाएको छ । मंगलबार सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच भएको ५ बुँदे सहमतिमा गौर हत्याकाण्डको छानबिन गर्ने सहमति भएको थियो । १७ वर्षअघिको सो काण्डको छानबिनमा जसपाका जिल्ला तहदेखि केन्द्रसम्मका नेताहरू तानिने भएपछि जसपाले शुक्रबार पत्रकार सम्मेलन नै […]

बाढी तथा डुबान पीडितका लागि मधेशकम आठै जिल्लालाई १०/१० लाख राहत

रासस-जाकपुरधाम, साउन २५ गते । मधेश प्रदेश सरकारले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि आठै जिल्लामा १० १० लाख रुपैयाँ पठाउने भएको छ ।  प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि रकम उपलब्ध गराउने निर्णय गरेको […]

खडेरी समाधानका मधेश सरकारको गम्भीर छलफल

सामाजिक फीड-जनकपुरधाम, साउन १९ गते । मधेशमा यसपटक देखा परेको सुख्खाको अभूतपूर्व समस्याबारे मधेश प्रदेशका शीर्षस्थ पदाधिकारीहरुबीच शुक्रबार गम्भीर छलफल भएको छ ।मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशका प्रमुख जिल्ला अधिकारीहरु एवम् सिंचाई, खानेपानी, कृषि मन्त्रालयका वरिष्ठ पदाधिकारीहरुसँग प्रदेशको खडेरी एवम् पिउने पानीको समस्या र त्यसको समाधानबारे जानकारी लिए ।मधेश प्रदेश सरकारको गृह, संचार तथा कानून मन्त्रालयद्वारा […]

मधेश सरकार विस्तार : काँग्रेस र जनमतबाट दुई मन्त्री नियुक्त

मधेश सरकारमम काँग्रेसबाट मो. समिम गृह सञ्चार तथा कानुन र जनमतबाट चन्दन सिंह श्रम तथा यातायात मन्त्री बनेका छन् । दुबैजनालाई मुख्यमन्त्री सरोजकुमार यादवले नियुक्त गरेका छन् । नव नियुक्त मन्त्री द्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका छन् । samajik_feedsamajikfeed.com

भोलिदेखि गर्ने भनेको रौतहट बन्दको कार्यक्रम स्थगित

सामाजिक फीड-जनकपुरधाम, साउन १४ गते । गौर हत्याकाण्ड पीड़ति संघर्ष समितिले भोलिदेखि गर्ने घोषणा गरेको अनिश्चितकालिन रौतहट बन्दको कार्यक्रम स्थगित गरेको छ । आइतबार साँझ एक प्रेस विज्ञप्ती जारी गर्दै संघर्ष समितिकी संयोजक रुपसागर देवीले आन्दोलनको कार्यक्रममा परिमार्जन गरी अनिश्चितकालिन बन्दको कार्यक्रम तत्कालका लागि स्थगित गरेको जानकारी गराएकी छन् । सत्ताधारी पार्टीहरु आन्दोलनमा मुठभेट सृजना […]

किसानको समस्या समस्या समाधान हुनु पर्छ : डा. सिके राउत

रासस-सप्तरी, साउन १४ गते । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.चन्द्रकान्त राउत (सिके राउत)ले प्रत्येक वर्ष किसानले खेतीको समयमा भोग्दै आएको समस्या समाधान हुनुपर्ने बताएका छन् । सप्तरीको राजविराजमा आज आयोजित पार्टी प्रवेश, सङ्गठन सुदृढीकरण अभियान तथा प्रशिक्षण कार्यक्रममा उनले खेतीका समयमा मधेसका किसान मल पाउनबाट बञ्चित हुने गरेको उल्लेख गर्दै त्यस्ता समस्या समाधान हुनुपर्ने बताए […]

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

विराटनगर, १२ साउन । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । शुक्रबार प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि दाबी प्रस्तुत गर्न दलहरूसँग आह्वान गरेका हुन् । यसका लागि साउन १६ गते अपराह्न ५ बजेसम्मको समय दिइएको छ । खापुङले संविधानको धारा १६८(२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् । […]