सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २१ गते ।
मधेश सरकारले जाजरकोट र रुकमको भूकम्प प्रभावितलाई राहत पठाउने भएको छ ।
मधेश सरकारको विपद व्यवस्थापन समितिको बैठकले ६० लाख मूल्य बराबरको खाद्यान्न राहत स्वरुप पठाउने तयारी निर्णय गरेको गृह, संचार तथा कानून मन्त्री मोहम्मद समिमले जानकारी दिए ।
चामल, दाल, नुन लगायतका खाद्यान्न सामाग्री राहत स्वरुप पठाइने छ । सामग्री खरिद गर्न अर्थ मन्त्रालयबाट रकम माग गर्ने र यसविषयमा मन्त्रीपरिषद बैठकबाट समेत निर्णय हुने मन्त्री समिमले बताए ।