Samajik Feed – News Portal from Nepal

जनकपुरको अवैध अस्पतालमा पित्त थैलीको अप्रेसन, २० दिनसम्म आएन वविताको होस

सामाजिक फीड– जनकपुरधाम, माघ २५ गते जनकपुरधाम–१४ पिडारीचोक स्थित दर्ताविनाको मुस्कान अस्पतालमा पित्तथैलीको शल्यक्रियामा एक बिरामीको २० दिनसम्म होस नआएको छ। सर्लाहीको हरिपुर्वा नगरपालिका ५ का अंगेश यादवकी २५ वर्षीया श्रीमती वविता यादव शल्यक्रिया पछि गम्भीर अवस्थामा पुगेकी छन्। वविताका बुबा ब्रह्मदेव यादवका अनुसार, माघ ३ गते मुस्कान अस्पतालमा पित्तथैलीको शल्यक्रिया गरिएको थियो। शल्यक्रियामा डा. […]

महोत्तरीमा ६ क्विन्टल गाँजासहित ट्रक चालक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, माघ २५ गतेमहोत्तरी प्रहरीले ६ क्विन्टल (६०४ किलो) गाँजासहित एक ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। भंगाहा नगरपालिका–६ मजरा स्थित बर्दिबास–जलेश्वर सडकखण्डमा जलेश्वरतर्फ गइरहेको प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकलाई शंका लागेपछि प्रहरीले जाँच गरेको थियो। चेकजाँचका क्रममा ट्रकको हुडमा कालो प्लास्टिकले बेरिएको अवस्थामा लुकाइ राखिएको रातो प्लास्टिकको ४० वटा पोकामा गाँजा […]

नेपाल–भारतमा आपराधिक गतिविधि गर्ने गिरोहका चार जना सिरहाबाट पक्राउ

सामाजिक फीड-जनकपुरधाम, माघ २४ गते । नेपाल तथा भारतमा आपराधिक गतिविधि सञ्चालन गर्दै आएको गिरोहका चार जना सिरहाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक भारतीय नागरिकसहित सिरहाका तीन नेपाली नागरिक छन् । सिरहाको सुखीपुर नगरपालिका–८ का ४५ वर्षीय इन्दल भनिने इन्द्र नारायण चौधरी, ३१ वर्षीय भैरव भनिने देव कुमार मुखिया, लहान नगरपालिका–४ का ४१ […]

सिरहामा बलात्कार मुद्दाका दोषी अभियुक्त जेल चलान

सामाजिक फीडजनकपुरधाम, माघ २२ गते । बलात्कार मुद्दामा अदालतबाट दोषी ठहर भएका एक अभियुक्त पक्राउ परेका छन् । सिरहा प्रहरीले लहान नगरपालिका–२४ निवासी ४५ वर्षीय भोगिन्द्र पासवान (भोगी)लाई पक्राउ गरी जेल चलान गरेको छ । सिरहा प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार अभियुक्त पासवान घटनापछि फरार रहेका थिए । उनलाई आइतबार दिउँसो ३ बजे इलाका […]

आज विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरिँदै

सामाजिक फीड-जनकपुरधाम, माघ २१ गते । श्रीपञ्चमी पर्व आज देशभर विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरी उल्लासपूर्वक मनाइँदैछ। हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन पर्ने यस पर्वलाई वसन्त पञ्चमी पनि भनिन्छ। सरस्वतीको पूजा गर्दा विद्या र बुद्धि वृद्धि हुने धार्मिक विश्वास रहेको छ। यस अवसरमा देशभरका सरस्वती मन्दिरहरूमा भक्तजनहरूको घुइँचो लागेको छ। विशेषगरी विद्यालय नगएका साना […]

जलेश्वर कारागारका एक कैदीको मृत्यु

Mahottari-Jaleshwar-Karagar

सामाजिक फीड-जनकपुरधाम, माघ २० गते ।महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका–१ का ५६ वर्षीय जोगेन्द्र महराको गएराति निधन भएको हो। कारागार प्रशासन प्रमुख अशोक क्षेत्रीका अनुसार महराले पेट दुख्ने समस्या झेल्दै आएका थिए। अचानक अवस्था गम्भीर भएपछि मध्यराति उनलाई उपचारका लागि प्रादेशिक अस्पताल, जलेश्वरमा भर्ना गरिएको थियो । “उनी […]

कुम्भ मेलाबाट फर्किँदै गर्दा पाँच नेपालीको मृत्यु, चार गम्भीर

सामाजिक फीड– जनकपुरधाम, माघ १९ गते ।भारतको कुम्भ मेलाबाट फर्किरहेका पाँच नेपालीको सवारी दुर्घटनामा ज्यान गएको छ । नेपाल फर्किंदै गरेको स्कारपिओ गाडी मुजफ्फरपुरमा आज साँझ दुर्घटनाग्रस्त हुँदा उनीहरूको मृत्यु भएको हो। स्थानीय प्रशासनका अनुसार दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन्। भारतीय प्रहरीबाट प्राप्त जानकारी अनुसार तीन मृतकको पहिचान खुलेको छ भने दुईजनाको परिचय […]

धनुषामा नक्कली डिएसपी बनेर ठगी गर्ने युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, माघ १९ गते ।आफूलाई नेपाल प्रहरीका डिएसपी भन्दै ठगी गरेको आरोपमा धनुषाबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको लाहान नगरपालिका २० बस्ने ३० वर्षीय दिपक भनिने धनिकलाल साह छन् । इलाका प्रहरी कार्यालय ढल्केबरको टोलिले उनलाई धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ बाट पक्राउ गरेको हो ।दिपकले डिएसपी भन्दै ५० हजार […]

नेपाल कबड्डी लिगमा जनकपुर नाइट्सले जित्यो च्याम्पियन

सामाजिक फीड-जनकपुरधाम, माघ १८ गते । नेपाल कबड्डी लिग (एनकेएल) को उपाधि जनकपुर नाइट्सले अपराजित यात्रा कायम राख्दै जितेको छ। शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा सम्पन्न रोमाञ्चक तथा प्रतिस्पर्धात्मक फाइनलमा जनकपुरले काठमाडौं माभरिक्सलाई ४५–४१ को अन्तरले पराजित गर्दै पहिलो संस्करणको उपाधि उचालेको हो। टुर्नामेन्टभरि उत्कृष्ट प्रदर्शन गरेको जनकपुरले कुनै पनि खेलमा पराजय भोग्नुपरेन। लिग चरणमा […]

अमेरिकामा प्लेन र हेलिकप्टर ठोक्किँदा ६५ जनाको मृत्यु भएको आशंका

एजेन्सीजनकपुरधाम, माघ १७ गते । अमेरिकाको वासिङ्टनको आकाशमा प्लेन र हेलिकप्टर ठोक्किँदा ६५ जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ । स्थानीय समयअनुसार बुधबार राति ९ बजे ६४ यात्रु सवार अमेरिकन एयरलाइन्सको जहाज र तीन जना अमेरिकी सेना सवार हेलिकप्टर आपसमा ठोक्किएको यू योर्क टाइम्सले जनाएको छ। जहाज वासिङ्टनस्थित रोनाल्ड रेगन वासिङटन नेशनल एयरपोर्टनजिक दुर्घटना […]