Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, माघ १९ गते ।
भारतको कुम्भ मेलाबाट फर्किरहेका पाँच नेपालीको सवारी दुर्घटनामा ज्यान गएको छ । नेपाल फर्किंदै गरेको स्कारपिओ गाडी मुजफ्फरपुरमा आज साँझ दुर्घटनाग्रस्त हुँदा उनीहरूको मृत्यु भएको हो।

स्थानीय प्रशासनका अनुसार दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन्। भारतीय प्रहरीबाट प्राप्त जानकारी अनुसार तीन मृतकको पहिचान खुलेको छ भने दुईजनाको परिचय अझै खुल्न बाँकी छ।

महोत्तरी प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार जलेश्वर नगरपालिका–७ अंकारका बालकृष्ण झा र उनकी श्रीमती इन्दु देवी, साथै मनरा सिसवा नगरपालिका–२ कट्टीकी जगतारण देवीको मृत्यु भएको पुष्टि भएको छ। अन्य दुई मृतकको पहिचान खुल्न बाँकी रहेको उनले बताए।

दुर्घटनामा ३० वर्षीय मनोहर ठाकुर, २५ वर्षीया कामिनी झा, ७ वर्षीया सृष्टि ठाकुर, र ५० वर्षीय जगतारण देवी गम्भीर घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *