सामाजिक फीड
जनकपुरधाम, माघ २२ गते ।
बलात्कार मुद्दामा अदालतबाट दोषी ठहर भएका एक अभियुक्त पक्राउ परेका छन् । सिरहा प्रहरीले लहान नगरपालिका–२४ निवासी ४५ वर्षीय भोगिन्द्र पासवान (भोगी)लाई पक्राउ गरी जेल चलान गरेको छ ।
सिरहा प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार अभियुक्त पासवान घटनापछि फरार रहेका थिए । उनलाई आइतबार दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय लहानको टोलीले पक्राउ गरेको हो । सोमबार सिरहा जिल्ला अदालतमा पेश गरिएपछि अदालतको आदेशअनुसार उनलाई सिरहा कारागार पठाइएको डिएसपी पासवानले जानकारी दिए ।
उच्च अदालत जनकपुर राजबिराज इजलासले गत फागुन ९ गते बलात्कार मुद्दामा दोषी ठहर गर्दै अभियुक्त पासवानलाई १४ वर्ष कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना फैसला सुनाएको थियो ।