Samajik Feed – News Portal from Nepal

आरती साहका परिवारजन तथा अभियानीहरू पक्राउ

ललितपुर, १७ पुष । आरती साहका परिवारजन तथा अभियानीहरूलाई पक्राउ गरिएको छ । मंगलबार आरती साहका लागि न्याय माग्दै ललितपुरस्थित मानवअधिकार आयोग अगाडि प्रदर्शन गरेका उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीले आरती साहका बुवा विनोद साह, भाइ प्रेम साह, अभियानकर्मी अनिता यादव, जस्मिन ओझा, विनु यादव र दीपक गुप्तालाई पक्राउ गरेको छ । उनीहरूलाई जिल्ला […]

जनकपुरमा दोस्रो अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता हुने

सामाजिक फीड–जनकपुरधाम, पुस १७ गते ।जनकपुरधाममा दोस्रो अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । माघ १२ गते देखी जनकपुर स्पोर्टस् क्लव र नेपाल भिजनको आयोजनामा बाह्रविघा मैदानमा प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्राष्ट्रिय मान्यता अनुसार हुने संयोजक अम्भुप्रसाद साहले जानकारी दिए । यस प्रतियोगितामा धनुषा जिल्लाको सरकारी तथा नीजि विद्यालयहरुको सहभागिता […]

बिलबिजक कम बनाएर ल्याएको दुई करोड भन्दा बढी मूल्यको मालसमान बरामद

सामाजिक फीड-जनकपुरधाम, पुस १७ गते । बारा प्रहरीले बिलबिजक कम बनाएर २ करोड भन्दा बढी मूल्यको सामान राजस्व छली गरेर ल्याइएको सामानसहित ट्रक नियन्त्रणमा लिएको छ । पथलैया चोकमा चेकजाँच गर्ने क्रममा प्रहरीले वीरगन्ज भन्सारबाट काठामाडौँ तर्फ जाँदै गरेको ना।४ ख ८३५८ नं ट्रक नियन्त्रणमा लिएको हो । आइतबार राती १० इलाका प्रहरी कार्यालय सिमराबाट […]

रौतहटमा ट्यांकरले अटोलाई ठक्कर, दुई जनाको मृत्यु

रौतहट, १७ पुष । रौतहटमा गएराति तेल बोक्ने ट्यांकरले अटो गाडीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। अन्य ६ जना घाइते भएका छन् । चन्द्रनिगाहपुरस्थित चिडिया दहचोकमा ज. १ झ ४४८५ नम्बरको ट्यांकरले प्रदेश २-०३-००१ ख १९२७ नम्बरको अटो गाडीलाई ठक्कर दिएको हो । दुर्घटनामा ४० वर्षीया पिंकु सिंह र २० वर्षीय अब्देश रामको […]

जनमत पार्टीका अध्यक्ष डा. राउतसहित सबै रिहा

काठमाडाैँ, १६ पुष । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पक्राउ गरेका जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसहित नेता–कार्यकर्ता रिहा भएका छन् । सोमबार धोती दिवस मनाउन माइतीघर मण्डलमा भेला भएका उनीहरूलाई केही घण्टा हिरासतमा राखी रिहा गरिएको हो । जनमतका अध्यक्ष राउत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलगायत ६३ जना पक्राउ परेका थिए । […]

जापानको इशिकावा क्षेत्रमा सुनामीको चेतानवी

काठमाडौँ, १६ पुस । जापानमा सुनामी आउने चेतावनी दिइएको छ । जापानमा ७.६ म्याग्निच्युडको भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको हो । सुनामीको चेतावनीसँग इशिकावा भन्ने स्थानका समुद्री किनारका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण सुरु गरिएको छ । जापानको मौसम विभागले यहाँ पाँच मिटरसम्म अग्लो समुद्री छाल उठ्ने र त्यसले क्षति पुर्‍याउन सक्ने चेतावनी दिएको छ […]

गगन थापाको आग्रह– माइतीघरमा लगाइएको निषेधित क्षेत्र तत्काल हटाउनुस्

काठमाडौँ, १६ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माइतीघर मण्डलमा लगाइएको निषेधित क्षेत्र तत्काल हटाउन माग गरेका छन् । सोमबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले यस्तो माग राखेका हुन् । धोती जुलुसका क्रममा केही व्यक्ति पक्राउ परेको भन्दै उनले निषधित क्षेत्र घोषणाका कारण बल प्रयोग भएकाले माइतीघरको निषेधित क्षेत्र हटाउनुपर्ने […]

धोती दिवस मनाउने क्रममा जनमतका अध्यक्ष डा. राउतसहित पक्राउ

काठमाडौँ, १६ पुस । धोती दिवस मनाउने क्रममा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसहित नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले माइतीघर मण्डलाबाट राउतसहित ५१ जनालाई पक्राउ गरेको हो । ब्यानरसहित उनीहरू धोती दिवस मनाउन माइतीघर मण्डला पुगेका थिए । स्थानीय प्रशासनले माइतीघरदेखि नयाँबानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । निषेधित क्षेत्रमा प्रदर्शन […]

समुदायमा कांग्रेस अभियान माघ ७ गतेबाट सञ्चालन

काठमाडौँ, १५ पुस । नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस अभियान’ माघ ७ गतेबाट सञ्चालन गर्ने भएको छ । एक महिनासम्म चल्ने भनिएको यो अभियान सयअघि पुष १६ बाट गर्ने भनिएको थियो । तर, बिहीबारदेखि शनिबारसम्म बसेको कांग्रेस केन्द्रीय समिति बैठकले ७ देखि २२ माघसम्म अभियान सञ्चालन गर्ने निर्णय भएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी […]

भारतको महाराष्ट्रको एक कारखानामा आगलागी हुँदा ६ जनाको मृत्यु

सामाजिक फीड जनकपुरधाम, पुस १५गते । एजेन्सी । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रको एक कारखानामा शनिबार र आइतबारको मध्यरातमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु हुनुका साथै अन्य ९ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । राज्यको छत्रपति सम्भाजीनगर जिल्लामा रहेको ह्यान्ड ग्लोब्स उत्पादन गर्ने एक उद्योगमा आगलागी भएको हो ।आगलागीको कारण खुल्न सकेको छैन […]