Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १५ पुस । नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस अभियान’ माघ ७ गतेबाट सञ्चालन गर्ने भएको छ । एक महिनासम्म चल्ने भनिएको यो अभियान सयअघि पुष १६ बाट गर्ने भनिएको थियो । तर, बिहीबारदेखि शनिबारसम्म बसेको कांग्रेस केन्द्रीय समिति बैठकले ७ देखि २२ माघसम्म अभियान सञ्चालन गर्ने निर्णय भएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिएका हुन् ।

पहिले एक महिना सञ्चालन गर्ने भनिएको अभियान १५ दिनमा झारिएको छ । माघ ७ गते सुरु गर्ने उक्त अभियानमा माघ १२ गतेदेखि पार्टीका केन्द्रीय प्रतिनिधिहरू खटिनेछन् ।

यस हिसाबले अभियान केबल १० दिनको हुनेछ । राष्ट्रियसभाको निर्वाचन माघ ११ गते रहेकाले यो अभियान प्रभावित भएको कांग्रेसको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *