Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १६ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माइतीघर मण्डलमा लगाइएको निषेधित क्षेत्र तत्काल हटाउन माग गरेका छन् । सोमबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले यस्तो माग राखेका हुन् ।

धोती जुलुसका क्रममा केही व्यक्ति पक्राउ परेको भन्दै उनले निषधित क्षेत्र घोषणाका कारण बल प्रयोग भएकाले माइतीघरको निषेधित क्षेत्र हटाउनुपर्ने माग राखे ।

माइतीघर मण्डल मानिसहरूले आफ्नो कुरा राख्ने, सरकार र संसदलाई सुनाउने ठाउँ भएको पनि उनले जिकिर गरे । सोमबार धोती जुलुसका क्रममा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसहित ५० भन्दा जनालाई पक्राउ गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *