काठमाडौँ, १६ पुस । धोती दिवस मनाउने क्रममा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसहित नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले माइतीघर मण्डलाबाट राउतसहित ५१ जनालाई पक्राउ गरेको हो ।

ब्यानरसहित उनीहरू धोती दिवस मनाउन माइतीघर मण्डला पुगेका थिए । स्थानीय प्रशासनले माइतीघरदेखि नयाँबानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।

निषेधित क्षेत्रमा प्रदर्शन भएकाले प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । अहिले उनीहरूलाई पुलिस क्लबमा राखिएको छ ।
