काठमाडाैँ, १६ पुष । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पक्राउ गरेका जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसहित नेता–कार्यकर्ता रिहा भएका छन् ।
सोमबार धोती दिवस मनाउन माइतीघर मण्डलमा भेला भएका उनीहरूलाई केही घण्टा हिरासतमा राखी रिहा गरिएको हो । जनमतका अध्यक्ष राउत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलगायत ६३ जना पक्राउ परेका थिए ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैंले हात समातेर राउतलाई बाहिर निकालेका थिए । प्रहरीले जनमतका नेता तथा कार्यकर्तालाई पक्राउ गरेर पुलिस क्लबमा राखेको थियो ।