Samajik Feed – News Portal from Nepal

राष्ट्रियसभा चुनाव: एमालेले १९ उम्मेदवारको टुंगो लगायो

काठमाडौँ, २२ पुस । नेकपा एमालेले राष्ट्रियसभा चुनावका लागि उम्मेदवारहरूको टुंगो लगाएको छ । यद्यपि उम्मेदवारकाे सूची भने सार्वजनिक गरिएको छैन । निर्वाचनका लागि १९ वटै सिटमा उम्मेदवारको टुंगो लगाएर टिकटसमेत दिइसकेको एमाले स्रोतले जनाएको छ । जसअनुसार कोशी प्रदेशबाट अन्य निर्वाचन क्षेत्रबाट भोजपुरका परशुराम अधिकारी र महिलातर्फ सुनसरीकी रूक्मिणी चौधरी उम्मेदवार बन्ने भएका छन् […]

पञ्जाब कमाउन गएका सिरहाका एक मजदुरको मृत्यु, पैसा अभावले शव घर आएन्

समाजिक फीड जनकपुरधाम, पुस २२ गते । मधेश प्रदेशका एक मजदुरको भारतको पञ्जाबमा मृत्यु भएको छ । सेलर मिलमा काम गरिरहेका बरियारपट्टी गाउँपालिका–३ नवटोलीका पन्चा कामतको मृत्यु हो । तर आर्थिक अभावका कारण भारतबाट शव ल्याउन नकस्दा उनका परिवार थप पीडामा परेका छन् । बिहीबार साँझसम्म घर परिवारसँग कुराकानी गरेका कामतको मृत्यु कसरी भयो सो […]

सर्लाहीको बरहथवा तनावग्रस्त, फेरी कर्फ्यू जारी

समाजिक फीड जनकपुरधाम, पुस २२ गते । सर्लाही बरहथवा तनावग्रस्त बनेपछि प्रशासनले पुनः कर्फ्यू आदेश जारी गरेको छ । शुक्रबार प्रहरीको गोली लागेर स्थानीय जयशंकर शाहको मृत्य भएको घटनापछि पीडित पक्षको माग पुरा नगरेको भन्दै स्थानीयले बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटुवालको घरमा ढुंगामुढा गरेपछि अवस्था तनावग्रस्त बनेको हो । अवस्था नियन्त्रणमा लिन प्रहरीले ८ […]

राष्ट्रियसभाको महिला उम्मेदवार टुंग्याउन जसपाको बैठक बस्दै

काठमाडौँ, २२ पुष । राष्ट्रियसभाको उम्मेदवार टुंगो लगाउन जसपा कार्यकारिणी समितिको बैठक सुरु भएको छ । गठबन्धनमा सिटको टुंगो लागेपछि पार्टीको उम्मेदवार चयन गर्न ललितपुरस्थित पार्टी कार्यालयमा बैठक बसिरहेको हो । मधेश प्रदेशबाट जसपाले एक महिला उम्मेदवार पाउने भएको छ । जसपाले दुई सिट दाबी गर्दै आइरहेको थियो । samajik_feedsamajikfeed.com

त्रिभुवन विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक जना पक्राउ

काठमाडौँ, २२ पुष । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक जना पक्राउ परेका छन् । विमानस्थल प्रहरीका अनुसार दुबईबाट आएकी श्रृलंकाकी महिला कान्ति काभास्करलाई सुनसहित शनिबार राति पक्राउ गरिएको हो । प्रहरीले उनीमाथि थप अनुसन्धान जारी राखेको छ । ती महिलाले सुन ब्रा र अन्डरवयरभित्र धुलो बनाएर ल्याएको प्रहरीले जनाएको छ । samajik_feedsamajikfeed.com

सर्लाहीमा निर्दोशमाथि गोली चलाउने प्रहरीलाई जिल्ला तानियो

समाजिक फीड जनकपुरधाम, पुस २२ गते । सर्लाहीको बरहथवामा जिल्ला प्रशासन कार्यालयको आदेश बिना निर्दोशमाथि गोली चलाएको आरोप लागेका प्रहरी जिल्ला तानिएका छन् । इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाही तानिएको प्रहरीले जनाएको छ । सर्लाहीका प्रहरी प्रमुख प्रविण धितालका अनुसार आन्दोलनकारीमाथि उनैले गोली चलाएको आरोप लगाएपछि […]

अनलाइनमार्फत युवतीलाई ठगी गरेको आरोपमा जनकपुरका यादव पक्राउ

समाजिक फीड- जनकपुरधाम, पुस २२ गते । अनलाइनमार्फत ठगीको आरोपमा जनकपुरका एकजनालई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१४ का भाग्य नारायण यादव रहेका छन् । २१ वर्षीय यादवलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी रविन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार यादव काठमाडौँस्थित जडिबुटी बस्दै आएका थिए । पीडितको […]

बरहथवा घटनाको छानबिन गर्न सरकारद्वारा समिति गठन

काठमाडौँ, २१ पुस । सर्लाहीको बरहथवा घटनालाई लिएर सरकारले छानबिन समिति बनाएको छ । बरहथवामा प्रहरीको गोली लागी एक जनाको मृत्यु भएको घटनाको छानबिन गर्न शनिबार गृह मन्त्रालयले तीन सदस्यीय समिति बनाएको हो । मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा बनाइएको समितिमा नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी सदस्य छन् […]

ललितपुरका सीडीयो र प्रहरी प्रमुखको फेरिए

काठमाडौँ, २० पुष । गृह मन्त्रालयले ललितपुरको प्रमुख जिल्ला अधिकारीमा तुलसीबहादुर श्रेष्ठलाई पठाएको छ । मन्त्रालयले शुक्रबार मन्त्रालयमा रहेका श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो । त्यस्तै प्रहरी प्रमुखमा एसएसपी शेखर खनाललाई पठाइएको छ । बालकुमारी घटनापछि ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित गृह मन्त्रालय र ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाह प्रहरी हेडक्वार्टर तानिएको […]

बरहथवा घटना: प्रहरीले गोली चलाएको पुष्टि, गोली चलाउन आदेश नदिएको सीडीयोको भनाइ

सर्लाही, २० पुष । सर्लाहीका प्रमुख जिल्ला अधिकारीको आदेशबिना बरहथवामा प्रहरीले गाेली चलाएको खुल्न आएको छ । शुक्रबार बरहथवामा प्रहरीले प्रहार गरेको गोली लागेर ३० वर्षीय जयशंकर साहको मृत्यु भएको विषयमा प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आफूले गोली चलाउन आदेश नदिएको स्पष्टोक्ति दिएका हुन् । १५ शैय्याको अस्पताललाई स्तरोन्नति गरेर ५० शय्याको बनाउने र प्रदेशलाई […]