सर्लाही, २० पुष । सर्लाहीका प्रमुख जिल्ला अधिकारीको आदेशबिना बरहथवामा प्रहरीले गाेली चलाएको खुल्न आएको छ ।
शुक्रबार बरहथवामा प्रहरीले प्रहार गरेको गोली लागेर ३० वर्षीय जयशंकर साहको मृत्यु भएको विषयमा प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आफूले गोली चलाउन आदेश नदिएको स्पष्टोक्ति दिएका हुन् । १५ शैय्याको अस्पताललाई स्तरोन्नति गरेर ५० शय्याको बनाउने र प्रदेशलाई हस्तान्तरण गर्ने विषयमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको थियो ।
यता, सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण धितालले प्रदर्शनकारीहरूले हतियार खोस्न खोजेपछि गोली चलाउनुपरेको दाबी गरेका छन् । उनले भने, ‘हतियार खोस्न खोजेपछि गोली चलाउने अवस्था आयो ।’