Samajik Feed – News Portal from Nepal

रास्ट्रपति चयनको लागि बानेश्वरमा मतगणना शुरु

२५ फागुन, जनकपुर। रास्ट्रपति चयनको लागि बिहिबार भएको निवार्चनको मतगणना सुरु भएको छ। दिउँसो ४ बजेदेखि काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनमा मतगणना सुरु भएको हो। मगणनाको अन्तिम परिणाम केही घन्टाभित्रै सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ। मतदान बिहान १० देखि सुरु भएको र दिउँसो ३ बजेसम्म सकिएको थियो । बिहिबार मतगणनापछि रास्ट्रपति निवार्चनको प्रमाणपत्र गरिने […]

रास्वपा को मत रामचन्द्र पौडेललाई

२५ फागुन, जनकपुर। राष्ट्रिय स्वतन्त्र पार्टीको सांसदहरुले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको बसेको बैठकले लोकतन्त्रलाई बलियो बनाउने, व्यवस्थालाई रक्षा गर्ने र संविधानले परिकल्पना गरेको नेपाली समाज रुपान्तरण गर्न भूमिका निर्वाह गर्ने व्यक्तिलाई मत दिने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । samajik_feedsamajikfeed.com

ODI क्रिकेटमा शतक बनाउने आसिफ शेख पाँचौं नेपाली ब्याट्सम्यान।

२५ फागुन, जनकपुर। नेपालकको ओपनर आसिफ शेखले पहिलो ODI शतक र उल्लेखनीय ब्याटिङ गरेका छन् ! शेखले पपुवा न्यूनिनीविरुद्ध शतक पुरा गरेका छन् । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि शेख र कुशल भुर्तेलले ओपनिङ गरेका थिए । पहिलो विकेटका लागि ११० रनको साझदोरी गरेका कुशल भुर्तेल व्यक्तिगत ४५ रनमा आउट […]

नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु

२५ फागुन, जनकपुर। तेस्रो राष्ट्रपति चयनका लागि संसद भवन नयाँबानेश्वरमा मतदान सुरु भएको हो । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरिसकेका छन् । त्यसपछि मात्र नेम्वाङले मतदान गरे । आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन […]

भैरहवा जाँदै गरेको श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण

२५ फागुन, जनकपुर। काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको देखिएपछि काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको छ । श्रीको क्यू४०० जहाजले ७८ यात्रु बोकेर काठमाडौंबाट ९:३८ बजे भैरहवा उडेको थियो । तर, एक्कासी इञ्जिनमा आगो देखिएपछि पुनः त्रिभुवन विमानस्थलमै फर्काएर १०:०१ बजे सुरक्षित अवतरण गराइएको हो । आगो देखिएको इञ्जिन अफ गरेर […]

१० हजार अक्षरको ट्वीट गर्न सकिने, मस्क थपिदै नयाँ सुविधा ट्वीटरमा

२३ फागुन, जनकपुर। एकपछि अर्को गर्दै आश्चर्यजनक कदम चाल्दै आएका ट्वीटरका नयाँ मालिक एलन मस्कले ट्वीटर प्रयोगकर्ताहरुका लागि एउटा गज्जब उपहार दिंदैछन् । अहिलेसम्म आम ट्वीटर प्रयोगकर्ताले अधिकतम २४० अक्षरसम्मको मात्रै ट्वीट गर्न पाइरहेकोमा छिट्टै नै १० हजार अक्षरसम्मको ट्वीट गर्न पाइनेछ । यद्यपि १० हजार क्यारेक्टरमा ट्वीट गर्न पाउने उक्त फिचर ब्लु सब्सक्रिप्सन लिएका […]

पाँच दिनपछि बढ्यो नेप्से

२३ फागुन, जनकपुर। लगातार पाँच दिनदेखि ओरालो लागिरहेको नेप्से, यस साताको दोस्रो कारोबार दिन भने उकालो लागेको हो। ५ कारोबार दिनमा नेप्से परिसूचक ८८.९४ अंक घटेको थियो। यस दिन भने नेप्से परिसूचक १४.४१ अंक बढेर १९५२.६६ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १.५३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.०१ अंक र सेन्सेटिभ फ्लोट […]

जनकपुरधाममा आज महामूर्ख सम्मेलन

२३ फाल्गुन, जनकपुरधाम। मिथिला नाट्यकला परिषद् (मिनाप)ले जनकपुरधाममा प्रत्येक वर्ष होली पर्वको अवसरमा दोश्रो दिन महामूर्ख सम्मेलनको आयोजना गर्दछ। मिनापले यस वर्षको होरी महोत्सव सोमबार आयोजना गरेकोमा महामूर्ख सम्मेलन आज दिउँसो जानकी मन्दिरको प्राङ्गणमा आयोजना गरिएको छ। मिनापका महासचिव शैलेन्द्र मल्लिकले यसको जानकारी दिए। पहिलो दिन होरी महोत्सवमा डम्फा वादन र उद्घाटन, होलीमाथि विशेष चर्चा […]

काठमाडौंमा होलि मनाउने तरिका नयाँ चल्यो

22 फागुन, जनकपुर।नेपालको राजधानी काठमाडौंले होली पर्व निकै हर्षोल्लासका साथ मनाइन्छ । यस पर्वलाई काठमाडौंमा “फागु पूर्णिमा” भनेर चिनिन्छ। यस पटक होली मनाउने थरिथरिका दृश्य काठमाडौंमा देखा परेका छन्। होलीको दिन पारेर काठमाडौं टमाटरको उत्सव ला टोमाटिना आयोजना गरिएको छ। ग्लोबल टुरिज्म प्रमोसन काउन्सिल र राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघले लैनचौरस्थित नेपाल स्काउटको ग्राउन्डमा ला टोमाटिना […]

होलि किन मनाईन्छ

22 फागुन, जनकपुर। होली एक वसन्त पर्व हो, जसलाई “रङ्गहरूको पर्व” वा “प्रेमको पर्व” पनि भनिन्छ। यो हिन्दू महिना फाल्गुनमा पूर्णिमाको दिनमा मनाइन्छ, जुन सामान्यतया फेब्रुअरी वा मार्चमा पर्दछ। होली मनाउनुका विभिन्न कारण छन् । पर्वको पछाडि प्रह्लाद र हिरण्यकशिपुको कथा सबैभन्दा लोकप्रिय कथा हो। हिन्दू पौराणिक कथा अनुसार, प्रह्लाद भगवान विष्णुको एक भक्त अनुयायी […]