२३ फागुन, जनकपुर। एकपछि अर्को गर्दै आश्चर्यजनक कदम चाल्दै आएका ट्वीटरका नयाँ मालिक एलन मस्कले ट्वीटर प्रयोगकर्ताहरुका लागि एउटा गज्जब उपहार दिंदैछन् ।
अहिलेसम्म आम ट्वीटर प्रयोगकर्ताले अधिकतम २४० अक्षरसम्मको मात्रै ट्वीट गर्न पाइरहेकोमा छिट्टै नै १० हजार अक्षरसम्मको ट्वीट गर्न पाइनेछ ।
यद्यपि १० हजार क्यारेक्टरमा ट्वीट गर्न पाउने उक्त फिचर ब्लु सब्सक्रिप्सन लिएका प्रयोगकर्ताका लागि मात्रै हुनेछ कि आम साधारण प्रयोगकर्ताले पनि उपयोग गर्न पाउनेछन् भन्ने बारेमा चाहिं मस्कले केही खुलाएका छैनन् ।
स्मरणहोस् अमेरिकामा ट्वीटर ब्लूका सब्सक्राइबरहरुका लागि ४ हजार अक्षरसम्मको ट्वीट गर्ने सुविधा छ