Samajik Feed – News Portal from Nepal

२५ फागुन, जनकपुर। काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको देखिएपछि काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको छ ।

श्रीको क्यू४०० जहाजले ७८ यात्रु बोकेर काठमाडौंबाट ९:३८ बजे भैरहवा उडेको थियो । तर, एक्कासी इञ्जिनमा आगो देखिएपछि पुनः त्रिभुवन विमानस्थलमै फर्काएर १०:०१ बजे सुरक्षित अवतरण गराइएको हो ।

आगो देखिएको इञ्जिन अफ गरेर एउटा मात्रै इञ्जिनले जहाज अवतरण गराइएको महाप्रबन्धक तिवारीले बताए । ‘जहाजको इञ्जिनमा देखिएको आगो आकाशमै निभेको थियो’ उनले भने, ‘जहाज सुरक्षित अवतरण भइसकेको छ, सबै यात्रु सकुसल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *