२५ फागुन, जनकपुर। रास्ट्रपति चयनको लागि बिहिबार भएको निवार्चनको मतगणना सुरु भएको छ। दिउँसो ४ बजेदेखि काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनमा मतगणना सुरु भएको हो।

मगणनाको अन्तिम परिणाम केही घन्टाभित्रै सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ।

मतदान बिहान १० देखि सुरु भएको र दिउँसो ३ बजेसम्म सकिएको थियो । बिहिबार मतगणनापछि रास्ट्रपति निवार्चनको प्रमाणपत्र गरिने तयारी रहेको छ। मतदानमा ३१३ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरे । संघीय संसदका ३३४ जनामध्ये ३१३ जनाले मतदान गरेका छन् । प्रदेशसभाका ५५० जनामध्ये ५१८ जनाले मतदान गरेका छन्

तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।