जनकपुरधाममा एक युवा मृत अवस्थामा फेला

जनकपुरधाम, २७ वैशाख । जनकपुरधाममा एक युवा मृत अवस्थामा भेटिएका छन् । जनकपुरधाम वडा नम्बर ७ जानकी नगरका २४ वर्षका मोहम्मद रब्बानी राइनको शव भेटिएको हो । मंगलबार साँझ घरबाट निस्किएका राइन बुधबार मृत अवस्थामा फेला परेका हुन् । राइनको शरीरका विभिन्न भागमा चोटपटक देखिएको छ । परिवारले रब्बानीको हत्या भएको दाबी गरेको छ । […]
तीव्र हावाले गर्दा काठमाडौंमा जहाज अवतरणमा समस्या

२७ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा तीव्र हावा चलेका कारणले जहाज अवतरणमा समस्या भएको छ । दक्षिण तर्फ स्वभाविक भन्दा धेरै गतिको हावा चलेकोले जहाज अवतरणमा समस्या आएको त्रिभुवन विमानस्थलले जनाए।‘अहिले दक्षिण तर्फबाट आएको हावाले जहाज अवतरण हुन सकेका छैनन्, स्वभाविक भन्दा धेरै गतिको हावा चलिरहेको छ । जसका कारण अहिले ५ वटा जहाज […]
खाँणलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ, २७ वैशाख । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काममा संलग्न भएर ठगेको आरोपमा पक्राउ परेका खाँणलाई काठमाडौँ जिल्ला अदालतले थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । उनलाई बुधबार पक्राउ गरिएको थियो । यो प्रकरणमा […]
युवा नागरिकता माग्दै सडकमा सुते

२७ वैशाख, विराटनगर । विराटनगरमा युवाहरु नागरिकता सम्बन्धी ऐनको माग गर्दै सडकमा सुतेका छन् ।विराटनगरको कोशी राजमार्गमा जन्मसिद्ध अधारमा नागरिकता लिएका नागरिकका सन्तान नागरिकता सम्बन्धी कानुनको माग गर्दै सुतेका हुन् ।उनीहरुले तत्काल नागरिकता सम्बन्धी विधेयक पास गरी नागरिकता पाउने वातावरण बनाउन माग गरे । युवाहरु कानुनको अभावमा आफूहरुले नागरिकता नपाएर अनागरिक बन्नु परेको भन्दै सडकमा […]
कोरोना संक्रमण थप १७ जनामा

२७ वैशाख, काठमाडौं। कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप १७ जनामा पुष्टि भएको छ ।५०५ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण , स्वास्थ्य मन्त्रालयका अनुसार देखिएको हो ।यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या १४१ जना पुगेको छ भने संस्थागत आइशोलेशनमा १४ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा एक जना उपचाररत छन् ।बुधबार मात्रै कोरोना […]
९ महिनामा रेमिट्यान्स २४.२ प्रतिशतले बढ्यो , ९ खर्ब भित्रियो

२७ वैशाख, काठमाडौं । रेमिट्यान्स चालु आर्थिक वर्ष २०७९/८० को ९ महिनाको अवधिमा आउने क्रम २४.२ प्रतिशतले बढेको छ । रेमिट्यान्सचैत महिनामा मात्रै १ खर्ब ९ अर्ब भित्रिएको छ ।बुधबार नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक अनुसार ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ चैतसम्म पुगेको छ […]
पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव केसी पनि नियन्त्रणमा

काठमाडौँ, २७ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । यसअघि आजै खाँण पक्राउ परेका थिए । प्रहरीले खाँणका स्वकीय सचिव केसीलाई जडीबुटीबाट पक्राउ गरेको हो । योसँगै नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या १२ पुगेको प्रहरीले जनाएको […]
नेपाली कांग्रेसका पूर्वगृहमन्त्री खाँण पक्राउ

२७ वैशाख, जनकपुर । नेपाली सर्वसाधारणलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै मोटो रकम संकलन गर्ने संगठित गिरोहकोठगी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका पूर्वगृहमन्त्री खाँण पक्राउ परेका छन्। भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएपछि काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरी परिसर टेकु लगिएको छ नेपाली कांग्रेसका […]
Youth Found Dead in Janakpurdham

Janakpurdham, 10th May: A young boy aged 24, a resident of Ward No. 7 (Janaki Nagar) named Mohammad Rabbani Rain, was found dead in Janakpurdham. Rain left home on Tuesday evening and was found dead on Wednesday. Injuries were seen in various parts of Rabbani’s body, and the family claimed that he was murdered. Meanwhile, […]
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । इमरानलाई पाकिस्तानी रेंजर्सले अदालतको कोठाबाटै पक्राउ गरेको हो । गुप्तचर एजेन्सी आईएसआईका अधिकारीहरूले मेजर जनरल फैसल नसीरमाथि गम्भीर आरोप लगाएका थिए। इमरानले मेजर जनरल फैसल नसीरलाई मार्न खोजेको आरोप लगाएका थिए । इस्लामावादस्थित उच्च अदालत बाहिरबाट उनलाई प्रहरीले पक्राउ गरेको अल्जजिराले जनाएको छ। उनी अदालतमा […]