Skip to main content

काठमाडौँ, २७ वैशाख । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काममा संलग्न भएर ठगेको आरोपमा पक्राउ परेका खाँणलाई काठमाडौँ जिल्ला अदालतले थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । उनलाई बुधबार पक्राउ गरिएको थियो ।

यो प्रकरणमा प्रहरीले अहिलेसम्म १२ जनालाई पक्राउ गरिसकेको छ । यही प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि पूर्वमन्त्री टोपबहादुर रायामाझी भने फरार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *