जनकपुरधाम, २७ वैशाख । जनकपुरधाममा एक युवा मृत अवस्थामा भेटिएका छन् । जनकपुरधाम वडा नम्बर ७ जानकी नगरका २४ वर्षका मोहम्मद रब्बानी राइनको शव भेटिएको हो ।
मंगलबार साँझ घरबाट निस्किएका राइन बुधबार मृत अवस्थामा फेला परेका हुन् । राइनको शरीरका विभिन्न भागमा चोटपटक देखिएको छ । परिवारले रब्बानीको हत्या भएको दाबी गरेको छ ।
यसैबीच, धनुषा प्रहरीका डीएसपी वेदप्रसाद गाैतमले तीन जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जानकारी दिनुभएको छ । हत्या भए/नभएको अनुसन्धानबाट खुल्ने पनि प्रहरीले जनाएको छ ।