Skip to main content

२७ वैशाख, जनकपुर । नेपाली सर्वसाधारणलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै मोटो रकम संकलन गर्ने संगठित गिरोहको
ठगी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका पूर्वगृहमन्त्री खाँण पक्राउ परेका छन्।

भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएपछि काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरी परिसर टेकु लगिएको छ

नेपाली कांग्रेसका गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको समेत नाम लिएका थिए ।

ठगी प्रकरणमा मुछिएका आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा खाँण तानिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *