Samajik Feed – News Portal from Nepal

२७ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा तीव्र हावा चलेका कारणले जहाज अवतरणमा समस्या भएको छ । दक्षिण तर्फ स्वभाविक भन्दा धेरै गतिको हावा चलेकोले जहाज अवतरणमा समस्या आएको त्रिभुवन विमानस्थलले जनाए।
‘अहिले दक्षिण तर्फबाट आएको हावाले जहाज अवतरण हुन सकेका छैनन्, स्वभाविक भन्दा धेरै गतिको हावा चलिरहेको छ । जसका कारण अहिले ५ वटा जहाज आकाशमै घुमिरहेका छन्’ त्रिभुवन विमानास्थलका प्रवक्ता टेकनाथ सिटौलाले अनलाइनखबरलाई भने ।
दिल्ली, दोहा लगायतबाट काठमाडौं आएका ५ वटा जहाजहरु ललितपुरको दक्षिणी क्षेत्र माथिको आकाशमा त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसकेकोले फन्को मारिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *