हेलिकप्टर दुर्घटना : ५ जनाको शव भेटियो, एक जना अज्ञात

सोलुखुम्बु, २६ असार । सोलुखुम्बुको लिखुपिकेमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त क्षेत्रमा पाँच जनाको शव भेटिएको छ । लिखुपिके गाउँपालिका–५ स्थित लम्जुराडाँडामा मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटना स्थलमा प्रहरीका असई रिाजन बस्नेत नेतृत्वको टिम पुगेको छ । प्रहरी टोलीले दिएको जानकारीअनुसार दुर्घटनास्थलमा ५ जनाको शव फेला परेको कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले बताए […]
मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुमा दुर्घटनाग्रस्त

सोलुखुम्बु, २६ असार । मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लम्जुरा डाँडामा दुर्घटनाग्रस्त भएको छ । लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका–२ र लिखुपिके गाउँपालिकाको सिमानामा पर्ने लम्जुरामा डाँडामा दुर्घटनाग्रस्त भएको हो । मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १० मिनेटमा सोलुको सुर्केबाट उडेको थियो । काठमाडौँको लागि उडेको केही मिनेटमा हेलिकोप्टर सम्पर्कविहीन भएको […]
मैथिलीसहित मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउन मधेश सरकारसँग माग

जनकपुरधाम, २५ असार । मैथिली भाषा अभियानीहरूले मैथिलीसहित मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्ने माग गरेका छन् । सोमबार मैथिली भाषा, साहित्य र कलासम्बद्ध संघसंस्थाका प्रतिनिधिहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई स्मरणपत्र बुझाउँदै भाषा आयोगले मैथिली, भोजपुरी र बज्जिका भाषालाई मधेशको कामकाजको भाषाका रूपमा कार्यान्वयन गर्न सिफारिस गरेको हुँदा कानुन बनाएर अविलम्ब घोषणा गर्न माग गरेका हुन् । […]
नेता निधि ‘अटल मिथिला सम्मान’ बाट सम्मानित

भारत, २५ असार । नेपाली कांग्रेसका पूर्वउपसभापति तथा प्रतिनिधसभाका सांसद् विमलेन्द्र निधि ‘अटल मिथिला सम्मान’ बाट सम्मानित हुनुभएको छ । भारतकाे नयाँ दिल्लीमा आइतबार साँझ भएको समारोहमा सांसद् निधिलाई ‘अटल मिथिला सम्मान’ बाट सम्मानित गरिएको हो । अटल भारत फाउन्डेसनले उहाँलाई यो सम्मान दिएको हो । फाउन्डेसनले कला, सांस्कृतिक, राजनीतिक, सामाजिकलगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने […]
बैतडीमा बस दुर्घटना, एक जनाको मृत्यु

बैतडी, असार २५ । बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् । जिल्लाको मेलौली नगरपालिका–७ को सुवाखानीमा पञ्चेश्वरबाट महेन्द्रनगर आउदै गरेको लु. २ ख २०११ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–६ का २८ वर्षीय उमेश भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक […]
सेयर बजार स्थिर, कारोबार रकम भने बढ्यो

सोमबार सतोको दोस्रो दिन नेप्से परिसूचक झिनो अंकको करेक्सन आउँदा नेप्से स्थिर देखिएको छ । नेप्से सोमबार ०.८० अंक घटेर २०७६.९६ विन्दुमा झरेको छ। सोमबार नेप्सेको कारोबार रकममा सुधार भएको छ। २९३ धितोपत्रको ६५ हजार ३१७ वटा कारोबारबाट १ करोड ११ लाख ८२ हजार ३३५ कित्ता सेयर किनबेच भएको छ । यसबाट ३ अर्ब ७९ […]
मिर्चैयाका मेयर यादवले महिला प्रदर्शनकारीलाई अपशब्द भनेपछि लखेटिए

सिरहा, २५ असार । सिरहाको मिर्चैयाका मेयर श्रवणकुमार यादवले आन्दोलनकारीलाई अपशब्द भनेपछि लखेटिएका छन् । मिर्चैयाका स्थानीयवासीले आइतबार सदरमुकाम सिरहा पुगेर दबाबमुलक प्रदर्शन गरिरहेका बेला मेयर यादवले अश्लील गालीगलौज गरेपछि आन्दोलनकारी प्रतिकारमा उत्रिएपछि उनी भागेका हुन् । गाउँब्लकभित्रका करिब तीन दर्जन घर भत्काएको भन्दै स्थानीयवासीले करिब तीन महिनादेखि आन्दोलन गर्दै आएका छन् । घर भत्काइएकामध्ये […]
मिटरब्याजविरुद्ध ऐन ल्याउन माग गर्दै पीडितद्वारा प्रदर्शन

काठमाडाैँ, २४ असार । मिटरब्याजविरुद्ध कानुन बनाउन माग गर्दै पीडितहरूले संघीय संसद भवन घेराउ गरेका छन् । काठमाडौँको नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडि आइतबार मिटरब्याजपीडितहरूले छिटो कानुन ल्याउन माग गर्दै घेराउ गरे । सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि ल्याएको विधेयक पारित हुन नसकेको र अध्यादेश पनि निष्क्रिय भएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् । […]
आजपाको आईटी आर्मीद्वारा काठमाडौँमा प्रदर्शन

काठमाडौँ, २२ असार । आम जनता पार्टीको भ्रातृ संगठन आईटी आर्मीले काठमाडौँमा प्रदर्शन गरेको छ । शुक्रबार आईटी आर्मीका अध्यक्ष चन्द्रभूषण साहको नेतृत्वमा कोटेश्वर–बालकुमारी क्षेत्रमा प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागी आजपाका नेता तथा कार्यकर्ताहरूले वैदेशिक रोजगारमा भइरहेको ठगी रोक्नुपर्ने, ठग म्यानपावर र एजेन्टलाई कारबाही गर्नुपर्नेलगायत माग गरेका छन् । त्यस्तै, फ्रि भिसा–फ्रि टिकट व्यवहारमा […]
पाकिस्तानमा बालुवाको ढिस्कोमा पुरिएर आठ बालबालिकाको मृत्यु

पाकिस्तान । पाकिस्तानमा बालुवाको ढिस्कोमा पुरिएर आठ बालबालिकाको मृत्यु भएको छ । मार्तुङ खास शांगला जिल्लामा क्रिकेट खेलिरहेका बालबालिकामाथि बालुवाको ढिस्को खसेको हो । दुर्घटनामा एक बालकलाई जीवित उद्धार गरिएको तथा अन्य एक जनाको खोजी भइरहेको छ । दुर्घटनाका बेला १० बालबालिका क्रिकेट खेलिरहेको बताइएको छ । बुधबार बिहानैदेखि परेको अविरल वर्षाका कारण बलौटे ढिस्को […]