भारत, २५ असार । नेपाली कांग्रेसका पूर्वउपसभापति तथा प्रतिनिधसभाका सांसद् विमलेन्द्र निधि ‘अटल मिथिला सम्मान’ बाट सम्मानित हुनुभएको छ । भारतकाे नयाँ दिल्लीमा आइतबार साँझ भएको समारोहमा सांसद् निधिलाई ‘अटल मिथिला सम्मान’ बाट सम्मानित गरिएको हो ।
अटल भारत फाउन्डेसनले उहाँलाई यो सम्मान दिएको हो । फाउन्डेसनले कला, सांस्कृतिक, राजनीतिक, सामाजिकलगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिलाई सम्मान गर्दै आएको छ।
भारतका तत्कालीन प्रधानमन्त्री स्व. अटलबिहारी बाजपेयीको स्मरणमा यो फाउन्डेसनको स्थापना गरिएको थियो । बाजपेयीले मैथिली भाषालाई भारतको संविधानको आठौँ अनुसूचीमा समावेश गराउन भूमिका निर्वाह गर्नुभएको थियो ।