Samajik Feed – News Portal from Nepal

सोलुखुम्बु, २६ असार । सोलुखुम्बुको लिखुपिकेमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त क्षेत्रमा पाँच जनाको शव भेटिएको छ ।

लिखुपिके गाउँपालिका–५ स्थित लम्जुराडाँडामा मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटना स्थलमा प्रहरीका असई रिाजन बस्नेत नेतृत्वको टिम पुगेको छ ।

प्रहरी टोलीले दिएको जानकारीअनुसार दुर्घटनास्थलमा ५ जनाको शव फेला परेको कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले बताए ।

सोलुबाट कठमाडौँका लागि उडेको हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । शव जलेको अवस्थामा भेटिएको छ भने हेलिकोप्टरमा सवार एक जनाको अवस्था अज्ञात छ । मनाङ एयरका व्यवस्थापक राजु न्यौपानेका अनुसार हेलिकप्टरमा पाइटलसहित ६ जना सवार थिए । उनका अनुसार पाँच यात्रु मेक्सिकन नागरिक हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *