बैतडी, असार २५ । बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् ।
जिल्लाको मेलौली नगरपालिका–७ को सुवाखानीमा पञ्चेश्वरबाट महेन्द्रनगर आउदै गरेको लु. २ ख २०११ नम्बरको बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–६ का २८ वर्षीय उमेश भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीले जनाकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।
बसमा सवार ३९ जना घाइते छन् । गम्भीर घाइते १६ जनालाई डडेल्धुरा रेफर गरिएको छ ।
बस सडकबाट करिब चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ । बस दुर्घटनाको कारण भने खुलेको छैन ।