Samajik Feed – News Portal from Nepal

सोलुखुम्बु, २६ असार । मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लम्जुरा डाँडामा दुर्घटनाग्रस्त भएको छ । लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका–२ र लिखुपिके गाउँपालिकाको सिमानामा पर्ने लम्जुरामा डाँडामा दुर्घटनाग्रस्त भएको हो ।

मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १० मिनेटमा सोलुको सुर्केबाट उडेको थियो । काठमाडौँको लागि उडेको केही मिनेटमा हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।

हेलिकोप्टरमा क्याप्टेनसहित ६ जना सवार छन् । हेलिकोप्टर क्षतविक्षत भएको स्थानीयले जानकारी दिएका छन् । थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *