Samajik Feed – News Portal from Nepal

देश र जनताको हितमा काम गर्नु कांग्रेसको लक्ष्य: निधि

काठमाडाैँ, ०९ साउन । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले देश र जनताको हितमा काम गर्नु कांग्रेसको लक्ष्य रहेको बताएका छन् । मंगलबार नेता डा. शशांक कोइरालाले काठमाडौँमा गरेको चियापान समारोहमा नेता निधिले उहाँले कांग्रेस संविधानको सफल कार्यान्वयन गरी जनता र देशको हितमा काम गर्नु नै कांग्रेसको अबको लक्ष्य रहेको बताएका हुन् । नेता निधिले नेपाली […]

इक्वेडरका एक मेयरको गोली हानी हत्या

एजेन्सी । इक्वेडरको मान्टा सहरका मेयर अगस्टिन इन्ट्रिआगोको गोली हानी हत्या गरिएको छ। दक्षिण अमेरिकी मुलुक इक्वेडरको मान्टा सहरका मेयर ३८ इन्ट्रिआगोको आइतबार गोली हानी हत्या गरिएको हो । सार्वजनिक कामको निरीक्षणका क्रममा रहेका बेला उनीमाथि गोली हानिएको थियो । एउटा ट्रकमा आएका बन्दुकधारीले मेयर इन्ट्रिआगो र छेउमा उभिएकी एक जना महिलालाई गोली हानेका थिए। […]

श्रीमती हत्याको आरोपमा एक जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम,साउन ८ गते । सप्तरीमा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले महादेवा गाउँपालिका-२ अकबरपुरका ३५ वर्षीय रामरूप खङलाई आइतबार राति पक्राउ गरेको हो । घरायसी विवादसँगै भएको कुटपिटबाट ३० वर्षीया पार्वतीदेवी खङको मृत्यु भएको थियो । कुटपिटबाट गम्भीर घाइते भएको पार्वतीको छिन्नमस्ता अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । […]

सुनको मूल्य घट्यो, एक लाख १२ हजारमा कारोबार

काठमाडौँ, ८ साउन । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुन आज तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो पनि अघिल्लो दिनको तुलनामा पाँच सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको […]

सरकारद्वारा २६ सहसचिवको सरुवा (सूचीसहित)

काठमाडाैँ, ०७ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ सहसचिवलाई सरुवा गरेको छ । मन्त्रालयले राजपत्रांकित प्रथम श्रेणीका अधिकृतहरूको एकैपटक सरुवा गरेको हो । सरुवा हुनेमा निजामती किताबखानामा रहेका सहसचिव टोकराज पाण्डेयलाई अर्थ मन्त्रालय, संघीय मामिलाका प्रदीपराज अधिकारी सन्चार मन्त्रालयमा सरुवा भएका छन् । त्यस्तै, रामकुमार महतो जाजरकोटको प्रमुख जिल्ला अधिकारीबाट संघीय मामिला […]

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ, ०७ साउन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ का लागि राष्ट्र बैंकले आइतबार मौद्रिक नीति जारी गरेको हो । मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ११ दशमलव पाँच प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण गरिएको छ । चालु आवमा विस्तृत मुद्राप्रदाय १२ दशमलव पाँच […]

ललिता निवास जग्गा प्रकरण: थप एक जना पक्राउ

काठमाडौँ, ०७ साउन । ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तत्कालीन नापीका कर्मचारी अरूणकुमार श्रेष्ठ छन् । उनलाई प्रहरीले जोरपाटीस्थित घरबाट पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसएसपी दिनेश आचार्यका अनुसार सरकारी जग्गा व्यक्तिको नाममा गर्नमा उनले पनि भूमिका खेलेका थिए । योसँगै यस […]

सचिव राउतलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडाैँ, ४ असार । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई रिहा गर्न आदेश दिएको छ। अदालतले उनलाई थुनामा राख्नुपर्नेसम्मको प्रकृति नदेखिएको हुनाले तारेखमा राखेर थप अनुसन्धान गर्न र अनुसन्धान कार्य नसकिएसम्म देशबाहिर जान नपाउने भनेर परमादेश जारी गरेको हो । यसअघि भौतिक योजना मन्त्रालयको शाखा […]

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

सुर्खेत, ४ साउन । दैलेखको चामुण्डाबिन्द्रासैनीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ मा बिहीबार साँझ स्थानीय पानीखोला गाउँका बालिकाहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा ८ वर्षीय बिपना खप्तडी मगर र ५ वर्षीया सपना खप्तडी मगर छन् । बालिकाको शव पोस्टमार्टमका लागि दुल्लु अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी […]

एमाले मधेश प्रदेशको अधिवेशन असोजमा हुने

काठमाडौँ, ४ साउन । नेकपा एमालेले मधेश र कोशी प्रदेशको अधिवेशनको मिति तय गरेको छ। एमालेको बैठकले मधेश प्रदेशको अधिवेशन असोज ५ र ६ गते तथा कोशी प्रदेशको असोज १२ र १३ गते गर्ने निर्णय गरेको हो । मधेशमा बुधबार बसेको मधेश प्रदेश सचिवालयको बैठकले अधिवेशनको मिति तय गरेको एमालेले जानकारी दिएको छ। अहिले मधेश […]