काठमाडौँ, ०७ साउन । ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तत्कालीन नापीका कर्मचारी अरूणकुमार श्रेष्ठ छन् ।
उनलाई प्रहरीले जोरपाटीस्थित घरबाट पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसएसपी दिनेश आचार्यका अनुसार सरकारी जग्गा व्यक्तिको नाममा गर्नमा उनले पनि भूमिका खेलेका थिए ।
योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ । सबै सीआईबीको हिरासतमा छन् ।