सुर्खेत, ४ साउन । दैलेखको चामुण्डाबिन्द्रासैनीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ मा बिहीबार साँझ स्थानीय पानीखोला गाउँका बालिकाहरूको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ८ वर्षीय बिपना खप्तडी मगर र ५ वर्षीया सपना खप्तडी मगर छन् । बालिकाको शव पोस्टमार्टमका लागि दुल्लु अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घरनजिकै सिचाइँका लागि बनाइएको पोखरीमा डुबेर उनीहरूको मृत्यु भएको हो ।