काठमाडाैँ, ०७ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ सहसचिवलाई सरुवा गरेको छ । मन्त्रालयले राजपत्रांकित प्रथम श्रेणीका अधिकृतहरूको एकैपटक सरुवा गरेको हो ।
सरुवा हुनेमा निजामती किताबखानामा रहेका सहसचिव टोकराज पाण्डेयलाई अर्थ मन्त्रालय, संघीय मामिलाका प्रदीपराज अधिकारी सन्चार मन्त्रालयमा सरुवा भएका छन् । त्यस्तै, रामकुमार महतो जाजरकोटको प्रमुख जिल्ला अधिकारीबाट संघीय मामिला मन्त्रालयमा सरुवा भएका छन् ।
त्यस्तै, रामकृष्ण पुडासैनी मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा र इन्दु घिमिरे हुलाक सेवा विभागबाट महिला बलबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएका छन् । त्यस्तै, रामकृष्ण लामिछाने महिला बालबालिकामा, रमेशकुमार सिंहको सिक्टा सिँचाइबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा सरुवा भएको छ।
त्यस्तै, मोहनराज चापागाईँ कोशी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयबाट संघीय मामिलाको अतिरिक्त समूहमा सरुवा भएका छन् भने श्यामकृष्ण थापा पोखरा महानगरपालिकाको प्रशासकीय अधिकृत भएर गएका छन् । त्यस्तै, वीरेन्द्र भारती पोखराबाट ललितपुर महानगरपालिका पुगेका छन् ।
ललितपुर महानगरका गणेश अर्याल गृहमन्त्रालयमा सरुवा हुँदा नवीनराज सिंह कोशी प्रदेशको सिँचाइ मन्त्रालयबाट ऊर्जामन्त्रालय सिंहदरबारमा सरुवा भएका छन् । शंकर पण्डित सहरी विकास मन्त्रालय, निराजन घिमिरे लुम्बिनीको मुख्यमन्त्री कार्यालय र नारायणप्रसाद भट्टराई गृह मन्त्रालयमा सरुवा भएका छन् । त्यस्तै ऊर्जा आयोगका अरुणकुमार झा कोशी प्रदेशको खानेपानी तथा ऊर्जा मन्त्रालयमा सरुवा भएका छन् भने भिष्मकुमार भुसाल बागमतीको सामाजिक विकास मन्त्रालयमा सरुवा भएका छन् ।

