Samajik Feed – News Portal from Nepal

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि मधेशको टिम घोषणा

काठमाडौँ, २६ पुस । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेश टिमको घोषणा भएको छ । मधेश प्रदेश क्रिकेट संघले घोषणा गरेको टिमको कप्तानमा हरिशंकर साह र उपकप्तानमा पवन शर्राफ रहेका छन् । राष्ट्रिय सिनियर टिमको अनुभव प्राप्त कप्तान र उपकप्तान रहेको टिममा विकेट किपर अनिलकुमार साह छन् । उमेर समूहबाट यू–१९ टिमको […]

जलाद खोलाबाट अवैध रुपमा बालुवा–गिट्टी ओसार्ने ७ वटा टयाक्टर प्रहरीको नियन्त्रणमा

समाजिक फीड जनकपुरधाम, पुस २६ गते । धनुषाको जलाद खोलाबाट अवैध रुपमा गिटी–बालुवा उत्खनन गरी ढुवानी गरिरहेको ७ वटा टयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । मिथिला नगरपालिका–४ स्थित जलाद खोलामा अनुमति बिना नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा ती टयाक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको गस्ती टोलिले […]

अपहरणमा परेका १० वर्षीय बालकको उद्धार, तीन जना पक्राउ

मोरङ, २६ पुष । मोरङ जहदाबाट अपहरणमा परेका १० वर्षीय बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । साथै, अपहरण घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । बुधबार दिउँसो मोरङ जहदा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम राजवंशीका १० वर्षीय छोरा अपहरणमा परेका थिए । पक्राउ पर्नेमा जहदा–१ का […]

वीरगन्जका मेयर सिंहविरुद्ध सीडीयो कार्यालयमा सामूहिक उजुरी

पर्सा, २६ पुस । नागरिकतासम्बन्धी अपराध गरेको भन्दै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा सामूहिक उजुरी परेको छ । मेयर सिंहले ‘नक्कली’ बाबु बनेर झुटो विवरण पेस गर्दै एक किशोरीलाई वंशजको नागरिकता दिलाएको अरोपमा प्रशासन कार्यालयमा १६ जनाले उजुरी दिएका हुन् । फर्जी जन्म दर्तालगायत सम्पूर्ण कागजपत्रहरू बनाएर २०७५ साल साउन १३ […]

आश्रममा बलात्कार गरेको मुद्दामा रामबहादुर बमजन विरुद्ध सर्लाही जिल्ला अदालतमा सुनुवाई सुरु

समाजिक फीडजनकपुरधाम, पुस २६ गते । हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतमा पेश गरिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले बिहीबार सरकारी वकिलको कार्यालयमा उपस्थित गराएर जिल्ला अदालतमा पेस गरेको हो । उनीविरुद्ध जिल्ला अदालतमा ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ को आरोपमा मुद्दा परेको थियो । काठमाडौंबाट गएराति […]

यस वर्षको एसईई परिक्षा चैत पहिलो हप्तादेखि हुने

समाजिक फीड काठमाडौं, पुस २६ गते । अगामी चैत पहिलो सातादेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परिक्षा हुने भएको छ । सरकारले ल्याएको शिक्षा विधेयकमा कक्षा १० को परीक्षा उल्लेख नरहेकाले यो वर्ष एसईई हुने वा नहुने भन्नेबारे अन्योलमा थिए। तर राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले काठमाडौंमा एक कार्यक्रमलाई सम्बोधन गर्दै यो वर्षको […]

सन्दिप लामिछाने क्यानबाट निलम्बित, अब कुनै क्रिकेट प्रतियोगितामा खेल्न नपाउने

समाजिक फीडकाठमाडौं, पुस २६ गते नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय तोकेपछि क्यानले राष्ट्रिय क्रिकेट टिमबाट उनलाई निलम्बन गरेको हो । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई आठ वर्षको जेल सजाय हुने निर्णय बुधबार सुनाएको थियो । लामिछानेलाई घरेलु […]

भ्रष्टाचारी ठहरिएका पूर्वडीआईजी शाहलाई तीन वर्ष कैद सजाय

काठमाडौँ, २५ पुष । विशेष अदालतले नेपाल प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक महेशविक्रम शाहलाई ३ वर्ष कैद सजाय तोकेको छ । शाहलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा यो सजाय सुनाइएको हो । त्यस्तै साढे १६ लाखभन्दा बढी जरिवानाको पनि फैसला भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिएका छन् । गत पुस ११ गते विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, […]

तस्करी गरेर भारततर्फ लग्दै गरेको अवस्थामा १७ वटा गाई तथा गोरु प्रहरीको नियन्त्रणमा

समाजिक फीडजनकपुरधाम, पुस २५ गते । अवैध रूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा १७ वटा गाई, गोरु र बाच्छीलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको गौर नगरपालिका–२ स्थित नेपालबाट अवैध रुपमा भन्सार छली गरि चोरी पैठारी गरी भारत तर्फ गाई र गोरु लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले नियन्त्रणमा लिइएकामध्ये गाई १० वटा, गोरु […]

बलात्कारी ठहर भएका क्रिकेटर सन्दिपलाई ८ वर्ष जेल, ३ लाख जरिवाना

समाजिक फीड जनकपुरधाम, पुस २५ गते । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दिप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ८ वर्ष कैद सजाय तोकेको छ । न्यायाधीश शिशिरराज ढकालले बुधवार उनीविरुद्ध सजाय निर्धारण गरेका हुन् । इजलासले तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो। यसअघि गत पुस १३ गते […]