समाजिक फीड
काठमाडौं, पुस २६ गते ।
अगामी चैत पहिलो सातादेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परिक्षा हुने भएको छ ।
सरकारले ल्याएको शिक्षा विधेयकमा कक्षा १० को परीक्षा उल्लेख नरहेकाले यो वर्ष एसईई हुने वा नहुने भन्नेबारे अन्योलमा थिए।
तर राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले काठमाडौंमा एक कार्यक्रमलाई सम्बोधन गर्दै यो वर्षको एसईई क्यालेन्डर अनुसार चैतको पहिलो साता हुने जानकारी दिए ।
‘त्यसका निम्ति माघको पहिलो हप्ता रुटिन निकाल्छौँ,’ उनले भने ।
शिक्षा विधेयक संसदबाट पास भएर कानुन नबनुञ्जेल एसईई परीक्षा हुने पनि उनले स्पष्ट पारे।
एसईईका निम्ति यस वर्ष ४ लाख ८९ हजार ४४४ जना विद्यार्थीले रजिस्ट्रेसन भरेका छन्।
परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यो वर्ष पहिलो पटक नयाँ पाठ्यक्रमअनुसार परीक्षा हुने र विद्यार्थीले प्रत्येक विषयमा ३५ प्रतिशत अंक हासिल गर्नु पर्ने प्रावधान राखिएको बताए।