काठमाडौँ, २६ पुस । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेश टिमको घोषणा भएको छ । मधेश प्रदेश क्रिकेट संघले घोषणा गरेको टिमको कप्तानमा हरिशंकर साह र उपकप्तानमा पवन शर्राफ रहेका छन् । राष्ट्रिय सिनियर टिमको अनुभव प्राप्त कप्तान र उपकप्तान रहेको टिममा विकेट किपर अनिलकुमार साह छन् ।
उमेर समूहबाट यू–१९ टिमको बन्द प्रशिक्षणमा अटाएका राजेश यादव र यू–१६ टिमका कप्तान अभिषेक तिवारी पनि टिममा छन् । टिमका अन्य खेलाडीमा निरज यादव, मयन यादव, अरनिको यादव, राहुल मण्डल, विशाल पटेल, रञ्जित कुमार, रुपेश सिंह, संसद अन्सारी र प्रदीप पासवान छन् ।
त्यस्तै वैकलिपक खेलाडीहरूमा डब्लु मलिक, भुलवन सहनी, पार्थिव यादव र शाहिल पटेललाई टिममा समावेश गरिएको छ । टिमको प्रशिक्षकमा सुनिल साह, व्यवस्थापक सुवास जयसवाल र प्रविधिक विश्लेषक नवनित जयसवाल छन् । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता पुस २८ गतेबाट सुरु हुनेछ । राउन्ड रोविन प्रणालीमा हुने यस प्रतियोगिता त्रिवि क्रिकेट मैदान, मूलपानी मैदान र भैरहवामा हुनेछ ।
