Samajik Feed – News Portal from Nepal

प्रभु साहले भने–’गद्दारहरूको स्वभिमान दिवस ?’

जनकपुरधाम, ३ माघ । आम जनता पार्टीका अध्यक्ष तथा सांसद् प्रभु साहले मधेश सरकारलाई गद्दारको संज्ञा दिएका छन् । बुधबार मधेश सरकारले मनाइरहेको स्वाभिमान दिवसलाई लक्षित गरी सामाजिक सञ्जालमा स्टाटस लेख्दै अध्यक्ष साहले प्रदेश सरकारका प्रतिनिधिहरूलाई गद्दार भनेका हुन् । उनले लेखेका छन्, ‘कुर्सीका लागि मधेशलाई बेच्ने गद्दारहरूको स्वभिमान दिवस ? हा..हा..हा..’ मधेशलाई ८ जिल्लामा […]

काठमाडौँको ब्रम्हटोलस्थित घरमा आगलागी, एक जनाको मृत्यु

काठमाडौँ, ३ माघ । काठमाडौँको ब्रम्हटोलस्थित घरमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ । बुधबार बिहान काठमाडौं महानगरपालिका–१२ ब्रम्हटोलका देवनारायण डंगोलको घरमा आगलागी भएको हो । विद्युत सर्ट भई आगलागी हुँदा उनका छोरा ४५ वर्षीय राजेन्द्र मान डंगोलको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटना थप अनुसन्धान भइरहेको छ । samajik_feedsamajikfeed.com

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङ, ३ माघ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-१७ मानपुरमा रा.५ प ९७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २६ वर्षीय सविन चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको छ । प्रहरीले घटनाको […]

बलात्कारको प्रयास गरि फरार भएका मियाँ पक्राउ

समाजिक फीड जनकपुरधाम, माघ ३ गते सिरहा प्रहरीले बलात्कारको प्रयास गरि फरार भएका एकजनालाई पक्राउ गरेको छ । जबर्जस्ती करणी उद्योग मुद्दामा साढे दुई वर्ष कैद सजाय फैसला सुनाइएका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिराहा नगरपालिका– १६ का करिब ४५ वर्षीय मो.असिकुल मियाँ रहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी […]

मधेश प्रदेश सरकारले गरेको भ्रष्टाचार छानबिन गरी कारबाही गर्न जनमत पार्टीको माग

सामाजिक फीडजनकपुरधाम, माघ ३ गते । जनता समाजवादी पार्टी (जसपा)  नेतृत्वको मधेश प्रदेश सरकारले गरेको भ्रष्टाचार छानविन गरी कारबाही अघि बढाउन जनमत पार्टीले समबन्धित निकायसँग अपिल गरेको छ। दुई मन्त्रालयसहित सरकारमा रहेको जनमत पार्टीले प्रदेश सरकार गठन भएको ६ वर्ष पुरा भएको अवसरमा बुधवार प्रेश विज्ञप्ती जारी गर्दै विभिन्न ‘भ्रष्टाचार काण्डहरु’ सार्वजनिक गर्न सरोकारवालाहरुलाई ध्यानाकाषर्ण […]

प्रचण्डले १३ जनालाई सचिवालयबाट हटाए, यस्तो छ कारण

समाजिक फीड काठमाडौं, माघ २ गते । व्यापक आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सचिवालयबाट १३ जनालाई हटाएका छन् । एक वर्षको कार्यकालको समीक्षापछि ३५ जना कर्मचारीमध्ये १३ जनालाई हटाइएको हो । प्रचण्डले अनावश्यक रुपमा नियुक्त गरेका कर्मचारीलाई स्वकीय सचिवालयबाट हटाएका हुन् । एक स्वकीय सहसचिव, ४ जना स्वकीय उपसचिव, एक स्वकीय शाखा अधिकृत, […]

सर्लाहीमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

समाजिक फीड जनकपुरधाम, माघ २ गते । पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा सर्लाहीमा एकजनाको मृत्यु भएको छ । चन्द्रनगर गाउँपालिका–३ बस्ने ३५ वर्षीय राजनारायण महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । बयलवासबाट बबरगन्जतर्फ जाँदै गरेको ज २ प १७२५ नम्वरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च ०७५९ नम्वरको पिकअप गाडी आपसमा ठोक्किँदा […]

जाम्बियामा फैलियो हैजा : संक्रमितको संख्या ९ हजार नाघ्यो, ३६२ जनाको मृत्यु

एजेन्सी जनकपुरधाम, माघ २ गते ।जाम्बियामा पानीजन्य रोग (हैजा) बाट संक्रिमित हुनेको संख्या ९ हजार १५५ पुगेको छ । अन्तर्राष्ट्रि संचारमाध्यमका अनुसार संक्रमितमध्ये अक्टोबर ३ सय ६२ जनाको मृत्यु भएको छ । हैजाको प्रकोप नघटेपछि जाम्बियाले हैजाको प्रकोप नियन्त्रणका लागि थप कडा उपायहरुको घोषणा गरेको छ । स्वास्थ्यमन्त्री सिल्भिया मासेबोले सरकारले हैजा रोकथाम र नियन्त्रणका […]

९ जनाको मृत्यु र दर्जनौ घाइते हुँदा पनि बनेन ढल्केवर–जनकपुर सडकखण्डको यी दुइ पुल

समाजिक फीड जनकपुरधाम, माघ २ गते । सरकारी निकाय र ठेकेदारको लापरबाहीले ढल्केवर–जनकपुर सडकखण्डमा निर्माणाधीन दुईवटा पुल अलपत्र परेको छ । ठेक्का सम्झौता भएको साढे चार वर्ष बितिसक्दा समेत पुल निर्माण सम्पन्न नहुँदा दिनहुँ दुर्घटना हुँदै आएको छ । सडक विस्तारको क्रममा मिथिला नगरपालिका–६ स्थित ढल्केवरभन्दा दक्षिण सडखण्डमा पर्ने बसही र लक्षमिनिया गाएँपालिका—४ स्थित पर्ने […]

ग्याँस सिलिण्डर पड्किँदा एक जनाको मृत्यु

चितवन, २ माघ । चितवनको भरतपुरमा ग्याँस सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ । खाना पकाउने ग्याँस सिलिण्डर पड्किँदा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनिष थापाको मृत्यु भएको हो । कोठामा खाना बनाउने क्रममा ग्याँस चुहावट भएर सिलिण्डर पडकिँएको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाको थप अध्ययन भइरहेको छ । samajik_feedsamajikfeed.com