चितवन, २ माघ । चितवनको भरतपुरमा ग्याँस सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ ।
खाना पकाउने ग्याँस सिलिण्डर पड्किँदा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनिष थापाको मृत्यु भएको हो ।
कोठामा खाना बनाउने क्रममा ग्याँस चुहावट भएर सिलिण्डर पडकिँएको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाको थप अध्ययन भइरहेको छ ।