दाङ, ३ माघ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका-१७ मानपुरमा रा.५ प ९७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २६ वर्षीय सविन चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।