काठमाडौँ, ३ माघ । काठमाडौँको ब्रम्हटोलस्थित घरमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ ।
बुधबार बिहान काठमाडौं महानगरपालिका–१२ ब्रम्हटोलका देवनारायण डंगोलको घरमा आगलागी भएको हो ।
विद्युत सर्ट भई आगलागी हुँदा उनका छोरा ४५ वर्षीय राजेन्द्र मान डंगोलको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटना थप अनुसन्धान भइरहेको छ ।