Samajik Feed – News Portal from Nepal

जनकपुरधाम, ३ माघ । आम जनता पार्टीका अध्यक्ष तथा सांसद् प्रभु साहले मधेश सरकारलाई गद्दारको संज्ञा दिएका छन् । बुधबार मधेश सरकारले मनाइरहेको स्वाभिमान दिवसलाई लक्षित गरी सामाजिक सञ्जालमा स्टाटस लेख्दै अध्यक्ष साहले प्रदेश सरकारका प्रतिनिधिहरूलाई गद्दार भनेका हुन् ।

उनले लेखेका छन्, ‘कुर्सीका लागि मधेशलाई बेच्ने गद्दारहरूको स्वभिमान दिवस ? हा..हा..हा..’

मधेशलाई ८ जिल्लामा सीमित गरी अधिकारविहीन प्रदेश बनाउने काम भएको नेता साहले आरोप लगाउँदै आएका छन् ।

आजकै दिन २०७८ माघ ३ गते प्रदेशको नामाकरण ‘मधेश’ र राजधानी जनकपुरधाम पारित भएकोले प्रदेश सरकारले स्वाभिमान दिवस मनाइरहेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *