Samajik Feed – News Portal from Nepal

मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा लाठीचार्ज, शिक्षामन्त्री यादवको टाउको फुट्यो

समाजिक फीड जनकपुरधाम, माघ ८ गते । मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रहरीको लाठीचार्जबाट मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री महेश यादवको टाउको फुटेको छ । राजविराज नगरपालिका–१३ स्थित विषहरियामा विश्वविद्यालयको शिलान्यास कार्यक्रममा विरोध प्रदर्शन गर्दै सुरक्षा घेर तोड्न खोजेपछि लाठीचार्ज गरेको प्रहरीले जनाएको छ । लाठीचार्जबाट जनमत पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्यहरु सतिश सिंह, भागेश्वरी चौधरी […]

‘भैया’ भन्दै पत्रकार महतोलाई दुव्र्यवहार गर्नेलाई कारबाही गर्न आयोगले प्रहरीलाई गर्‍यो पत्राचार

समाजिक फीड जनकपुरधाम, माघ ८ गते । पत्रकार राजकरण महतोलाई दुव्र्यवहार गर्नेलाई कारबाही गर्न माग गर्दै मधेशी आयोगले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ । अन्नपुर्ण पोष्ट दैनिकका वरिष्ठ संवाददाता समेत रहेका महतोलाई आइतवार भैया, मार्सिया, बिहारी जस्ता अपशब्द बोल्दै सुन्दरीमाई यातायातको गाडी चालक र सह–चालकले दुव्र्यवहार गरेका थिए । माघ ७ गते काठमाडौंको तिनकुने […]

अयोध्यामा भगवान रामको प्राण प्रतिष्ठा सम्पन्न

अयोध्या । उत्तर प्रदेशको अयोध्यास्थित राम मन्दिरमा भगवान रामको प्राण प्रतिष्ठा विधि सम्पन्न भएको छ । सोमबार मन्दिरको गर्भ गृहमा मुख्य पूजासहित प्राण प्रतिष्ठा गरिएको हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्राण प्रतिष्ठा पूजामा मुख्य भूमिका निर्वाह गरेका थिए । प्राण प्रतिष्ठालगत्तै भारतीय वायुसेनाको हेलिकोप्टरले पुष्पवृष्टि गरेको थियो । कार्यक्रमको सुरुवातमा सोनु निगम, अनुराधा पौडयाल, […]

अगामी चैत १५ देखि २७ गतेसम्म एसईई परिक्षा हुने, यस्तो छ परिक्षा तालिका

समाजिक फीड जनकपुरधाम, माघ ८ गते । अगामी चैत १५ गतेदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) परिक्षा संचालन हुने भएको छ । माध्यमिक शिक्षा परिक्षा बोर्डको बैठकले चैत २७ गतेसम्म परिक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ। बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरिसकेको छ। परीक्षाका लागि चार लाख […]

रामको ससुराली जनकपुरमा प्राणप्रतिष्ठाको उल्लास, बेलुकी साबा लाख दीप प्रज्वलन हुने

समाजिक फीड जनकपुरधाम, माघ ८ गते । भारतको अयोध्यामा निर्मित राममन्दिरको प्राणप्रतिष्ठाको अवसरमा जनकपुरधाम उल्लासमय बनेको छ । रामको ससुराली जनकपुरमा सोमबार बिहानैदेखि चोक–चोकमा राम धुन गुञ्जिरहेको छ मठ मन्दिरहरुमा भजनकिर्तन भइरहेको छ । जानकी मन्दिरमा श्रदालुको भिड लाग्दैछ । जनकपुरभर मन्दिर, सडकपेटी लगायतका ठाउँ ठाउँमा जय श्रीराम लेखिएको झण्डा फहराइएको छ । । जानकी […]

प्रधानमन्त्री कप: मधेशका मयनको शतक, सुदूरलाई ३२० रनको टार्गेट

समाजिक फीड काठमाडौँ, माघ ८ गते । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटअन्तर्गत आज जारी खेलमा मधेश प्रदेशले सुदूरपश्चिल प्रदेशलाई ३ सय २० रनको विशाल लक्ष्य दिएको छ । युवा ब्याटर मयन यादवको शतक, अनिल साह र पवन सर्राफको अर्धशतकमा मधेश प्रदेशले यो लक्ष्य दिएको हो । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित […]

काठमाडौंमा आज यसवर्षकै सबैभन्दा धेरै जाडो, तापक्रम ३.२ डिग्री सेल्सियस झर्यो

समाजिक फीड काठमाडौं, माघ ८ गते । काठमाडौंमा यस वर्षकै कम तापक्रम रेकर्ड गरिएको छ । सोमवार विहान ३.२ डिग्री सेल्सियस तापक्र रेकर्ड गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार न्यूनतम तापक्रम ०.२ डिग्रीले झरेको हो। यसअघि गएको डिसेम्बर ५ तारिखमा न्यूनतम तापक्रम ३.५डिग्री रेकर्ड गरिएको थियो। उक्त रेकर्ड […]

रूपन्देहीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

रुपन्देही, ८ माघ । रूपन्देहीको लंकापुरमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–३ लंकापुरमा आज बिहान लु. ५८ प २७२८ र यूपी ५५ बल १११२ नम्बरको भारतीय मोटरसाइकल ठोक्किएका हुन् । दुर्घटनामा कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ टोल हथिहवाका ४५ वर्षका शिवकुमार यादव र भारत सिद्धार्थनगरका २४ वर्षीय धीरज चौधरीको मृत्यु भएको […]

अमेरिकामा हिमआँधीले ठूलो जनधनको क्षति, मृतकको संख्या ८९ पुग्यो

अमेरिका । अमेरिकामा हिमआँधीका कारण मृत्यु हुनेकाे संख्या ८९ पुगेको छ । हिम आँधीका कारण पछिल्लो एक हप्तामा ठूलो जनधनको क्षति भएको छ । अमेरिकाको टेनेसी राज्यमा मात्रै २५ जनाको मृत्यु भएको छ । ओरेगनमा मृत्यु हुने सङ्ख्या १६ पुगेको छ । ती दुवै राज्यमा आपतकाल लगाइएको छ । देशभरमा कयौँ स्थानमा दसौँ हजार मानिसहरू […]

काठमाडौँमा हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला

काठमाडौँ, ७ माघ । काठमाडौँको शोभा भगवतीस्थित एक घरमा हत्या गरिएको अवस्थामा महिलाको शव फेला परेको छ । काठमाडौँ महानगरपालिका–१५ शोभा भगवतीमा दुई तले घरको एक कोठाभित्र गत शुक्रबार महिलाको शव फेला परेको हो । तनहुँको भिमाद नगरपालिका घर भई डेरा गरी बस्ने ५१ वर्षीया सफिना मियाँको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी […]