समाजिक फीड
काठमाडौं, माघ ८ गते ।
काठमाडौंमा यस वर्षकै कम तापक्रम रेकर्ड गरिएको छ ।
सोमवार विहान ३.२ डिग्री सेल्सियस तापक्र रेकर्ड गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार न्यूनतम तापक्रम ०.२ डिग्रीले झरेको हो।
यसअघि गएको डिसेम्बर ५ तारिखमा न्यूनतम तापक्रम ३.५डिग्री रेकर्ड गरिएको थियो। उक्त रेकर्ड ब्रेक गर्दै आज काठमाडौं उपत्यकामा पारदर्शीता ९भिजिविलिटी० पनि घटेको छ।
काठमाडौंको भिजिविलिटी ३ हजार मिटर मात्रै सोमवार रहेको मौसमविदले जनाएका छन् ।
यसअघि ४ हजार मिटरमाथि नै हुने गरेकामा सोमबार भने भिजिविलिटी पनि घटेको हो। त्यसका कारण काठमाडौंमा सोमबार बिहानदेखि कतिबेला घाम लाग्ने र कतिबेला नलाग्ने भइरहेको छ।